OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही बैशाख ३, २०७८जुम्ला,
२२८३ पटक

खलंगा वैशाख ३ गते । सिञ्जा चुलेलगाउँका दुई किश्वरले कार बनाएर गुडाएका छन् । उनिहरुले स्थानीय स्रोत साधनबाट कार बनाएर गुडाएका छन् ।
वडाध्यक्ष नविन शर्माका अनुसार सिञ्जा गाउँपालिका वडा नम्बर २ चुलेगाउँ निवासी प्रसान्त विक र अज विकले बनाएको गाडि गाउँपालिका अध्यक्ष देवलसिंह रावलले उद्धाटन गर्नुभएको थियो । गाउँपालिका अध्यक्ष रावल, वडाध्यक्ष शर्मा सहित सरोकारवाला निकायहरुको सहभागितामा गाउँमै बनाएको गाडि गुडाएपछि स्थानीय दंग भएका छन् ।

२० बर्षिय प्रशान्त र १९ बर्षका अजले स्थानीय काठ र फलाम सहित वाहिरी आवरण सिसाबाट कार निर्माण गरेका प्रशान्तका दाजु रतन वडले जानकारी दिनुभयो । यसैगरी सोलारमा १२ भोल्टवाला डवल व्यट्री जडान भएको छ । यसैगरी छतमा सोलारका पाता समेत जडान गरिएको छ । आफुहरु अवसर पाएपछि आफै गाडि बनाउन सक्ने र मोटरसाईकल समेत बनाउन सक्ने प्रशान्तले उद्धाटन कार्यक्रममा बताउनुभयो । एक्कासी स्थानीय स्तरको स्रोत साधनले वनाएको कार ति किश्वरले गुडाएपछि स्थानीय दंग भएका थिए । हामीले यो सोचेका थिएनौ स्थानीय तिर्थ वडले बताउनुभयो । प्रशान्तले नाग्म गमगडि राजमार्गमा एक सय मिटर सो गाडि गुडाएका थिए । अघिल्लो दिन एक किलोमिटर गुडेको थियो । भित्र ३,४ जना व्यक्ति बस्न मिल्ने प्रकारको पेस रहेको प्रशान्तका दाजु रतनले बताउनुभयो ।
नयाँ बर्षका दिन गाउँलेका लगाडि स्थानीय स्तरमै बनाएको कार गुडाईपछि हर्ष उल्लास भएको थियो । धेरै मानिसहरु सो गाडि हेर्न सडकमा आएका थिए ।
गाउँपालिका अध्यक्ष देवलसिंह रावलले किश्वरहरुले गरेको मिहिनेत र सृजनालाई गाउँपालिकाले मर्न नदिने भन्दै थप तालिमका लागि सहयोग गर्ने बताउनुभयो । वडाध्यक्ष नविन शर्माले उनिहरुको सृजना अनुसारको काम र शिपका लागि गाउँपालिका र वडापालिकाले प्रथामिकता दिने प्रतिवद्धता जनाउनुभयो ।

यसरी आयो कार वनाउने सोच ?
प्रशान्तले सडकमा गाडि गुडिरहेको देखेपछि यो कसरी बन्छ भन्ने बिषयमा जिज्ञासा पलाउथ्यो । त्यसको अभ्यास दुई तीन बर्ष अघि देखी गर्दै आएका उनिहरु बताएका छन् ।
पहिले आफुले एक दुई किलोमिटर टाढाबाट रिमोटबाट ढोका खोल्ने, जौ काटने मेशिन समेत बनाएको भन्दै त्यसपछि गाडि बनाउने बिषयमा सोच आएको र अहिले घर परिवारको सहयोगमा रु एक लाखका् खर्चमा गाडि वनाएर गुडाएको प्रशान्तले जानकारी दिनुभयो । वुवा कल्से वडका कान्छा छोरा प्रशान्तले साथीको रुपमा अजलाई लिएको र कार वनाउन सम्भव भएको बताएका छन् ।

यसैगरी गाउँपालिकाले सो गाडि खस संग्राहलयमा राख्ने समेत बताएको छ । यसरी गाउँमै गाडि बनाएर गुडाएपछि स्थानीयले उद्धाटनको दिनमा पुरस्कार समेत आर्थिक सहयोग समेत गरेका छन् । भूमि व्यवस्थापन आयोगका विज्ञ तथा स्थानीय सुमन आचार्यले रु १० हजार सहयोग गर्ने घोषणा गरेको प्रशान्तले बताएका छन् । यसैगरी १८ हजार नगद रकम समेत पुरस्कार स्वरुप उठेको थियो ।

 

 

प्रतिकृया दिनुहोस्