OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही फागुन २३, २०७७जुम्ला,
८८४ पटक

खलंगा फागुन २३ गते । जुम्लाका निरक्षर मुगाली महिलाहरुलाई साक्षरता कक्षा सञ्चालन गरिएको छ । जुम्ला सदरमुकाम भित्रै बस्ने धेरै जसो निरक्षर मुगाली समुदायका लागि चन्दननाथ नगरपालिकाको सहयोगमा पहिलो चरणमा साक्षरता कक्षा शुरु गरिएको हो ।

लामो प्रयास पछि जनजाति मुगाली समुदायमा साक्षरता कक्षा संचालन गरिएको स्थानीय छिरिङ लामा तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार सदरमुकाम भित्रै अहिले पनि मुगाली जनजाति समुदायहरु धेरै निरक्षर भएको भन्दै विभिन्न क्षेत्रमा माग गरिएको जानकारी दिनुभयो ।

चन्दननाथ नगरपालिकाका नगर उपप्रमुख अप्सरादेखी न्यौपानेले अहिलेको समयमा यति धेरै व्यक्ति निरक्षर भएको सुन्दा अच्चम लागेको भन्दै यो कक्षा अगाडि बढाउन प्रयास गर्ने पहलकर्तालाई धन्यवाद दिनुभयो । उहाँले तपाईहरु पढ्नुहोस साक्षर हुनुहोस, राजनैतिक क्षेत्र सहित हरेक क्षेत्रमा सहभागिता अव जनजाति समुदायको हुनुपर्ने समेत बताउनुभयो । उहाँले नगरपालिकाले रु सो साक्षरता कक्षाका लागि रु १० लाख रुपैया विनियोजन गरिएको जानकारी दिनुभयो ।

चन्दननाथ नगरपालिकाका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईले विकास क्रममको सँगै शिक्षाले नगरपालिका भित्र निरक्षर हुदा हामीले प्रथामिकता दिन आवश्यक देखिएकाले साक्षरता कक्षा शुरु गरिएको जानकारी दिनुभयो । उहाँले लेख्य परम्परा र मौखिक साक्षरता यस कक्षामा पनि अगाडि बढाउने अपेक्षा गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाका १, ३, ५ र ६ का जनजाति मुगाली महिलाहरु अहिले पनि धेरै निरक्षर भएको पाईएकाले साक्षर बनाउन प्रयास भईरहेको छ ।

चन्दननाथ नगरपालिकाले नेपाल सरकार अनौपचारिक शिक्षा केन्द्रले तयार गरेको साक्षरता कक्षा पुस्तक जस्तै जनजाति साक्षरता पुस्तक समेत प्रकाशन गरिएको बताएको छ । यसैगरी कक्षा सुचारु भएपछि साक्षरता कक्षा लिन आउने महिलाहरुको भिड बढ्न थालेकाले दुई कक्षा संचालन गरिएको र एक अर्को बढाउने तयारी भएको अगुवा छिरिङ लामाले जानकारी दिनुभयो । ३ महिनाको अवधिका लागि शुरु गरिएको कक्षामा सहभागी वडा नम्बर ५ निवासी मिनजंग तामाङले अक्षर सिक्न उत्साह भएको बताउनुभयो । सहभागी वडा नम्बर ६ निवासी छोर्देन कामु लामाले नगरपालिकाले गरेको काम स्वागत योग्य रहेको बताउनुभयो ।

अहिले पनि नगरपालिकामा रहेका एक सय ९० घरधरीका अधिकांश महिला र पुरुष निरक्षर भएकाले साक्षर अभियान शुरु गरिएको र यसलाई निरन्तर रुपमा अगाडि बढाईन दुई बर्ष देखी पहल थालेको अगुवा छिरिङ लामाले थप्नुभयो । सदरमुकाममा संचालन गरिएको उक्त कक्षाको ५० जनाको कोटा भएपनि ८० बढि महिलाहरु आएका र थपिने क्रम जारी भएको उहाँले थप्नुभयो ।

प्रतिकृया दिनुहोस्