OnlinePana

आज : २०८३ बैशाख १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन ७, २०७७
७६४ पटक

७ फागुन २०७७, शुक्रबार

कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘७१औं राष्ट्रिय प्रजातन्त्र दिवस’को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा शुभकामना सन्देश व्यक्त भएको छ ।

एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख कलौनीले आज मुलुकभरि मनाईदै गरेको ‘७१औं राष्ट्रिय प्रजातन्त्र दिवस’ नेपालमा १०४ वर्ष लामो निरंकुश जहाँनिया राणा शासन अन्त्य भई नेपाली जनताले प्रजातन्त्र प्राप्त गरेको ऐतिहासिक दिनको रुपमा स्मरण गर्नुभएको छ । उहाँले प्रजातन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन आहुति दिने सम्पूर्ण वीर शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

जारी सन्देशमा प्रदेश प्रमुख कलौनीले भन्नुभएको छ, “विभिन्न कालखण्डमा नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट हामीले प्राप्त गरेका उपलब्धिहरुको रक्षा गर्दै मुलुकमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गरी सुशासन कायम गर्न र हामीले अपेक्षा गरेको समृद्धिको सपना साकार गर्न एकाकार भएर अघि बढ्नु आजको अपरिहार्यता हो ।”

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पुरा गर्न सम्पूर्ण नेपालीहरुलार्ई एकजुट हुनुपर्नेमा जोड दिनुभएका प्रदेश प्रमुख कलौनीले प्रजातन्त्र दिवसले प्रजातान्त्रिक मूल्य र मान्यतालाई जीवन पद्धति बनाएर अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने शुभकामना दिनुभएको छ ।

प्रतिकृया दिनुहोस्