OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी फागुन ५, २०७७काठमाडौं
९२२ पटक

५ फागुन २०७७, बुधबार

नेपाल पत्रकार महासंघले गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार पत्रकार मुना हमाललाई प्रदान गरेको छ ।

महासंघको २६औं महाधिवेशन रू १० हजार राशीको पुरस्कार सुर्खेतबाट गोर्खापत्र र उज्यालोमा कार्यरत मुना हमाललाई प्रदान गरेको हो । महासंघको महाधिवेशन सत्रका प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनले हस्तान्तरण गर्नु भएको छ । हमालसहित कोरोना भाईरसको समयमा खटिएर काम गरेवापत कर्णालीका अन्नपुर्ण ब्यूरो प्रमुख ललित बुढा, बिबिसिका कार्यरत पत्रकार प्रकाश पन्त पुरस्कृत हुनु भएको थियो ।

 

जुम्ला चन्दननाथ नगरपालिका ५ निवासी स्वर्गीय गौरी कठायत कर्णालीमा पहिलो पत्रकार महासंघको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । उहाँको तत्कालिन समयमा काठमाण्डौ जुम्लाकाा लागि उडेको नेपाल एयरलाईन्सको ट्विनेटर जहाजमा २०७० फागुन ४ गते अर्घाखाँची जिल्लाको मसिने लेकमा दुर्घटना भई  निधन भएपछि महासंघले सम्झनामा पुरस्कार घोषणा गरेको थियो ।

शिक्षक पेशामै रहँदै गर्दा पत्रकारिता शुरू गर्नु भएकी उहाँ रेडियो नारी आवाज संस्थापक अध्यक्ष पनि हुनुहुन्थ्यो ।
उहाँसहित पत्रकार हरिदेवी रोकाया, स्थानीय दुर्गा न्यौपानेसहितका दर्जन बढी महिलाहरु नेपाल पत्रकार महासंघको सक्रियता तथा तत्कालिन जिल्ला विकास समिति, निर्माण व्यवसायीसँगको सहयोगमा रेडियो नारी आवाजको स्थापना भएको थियो ।

प्रतिकृया दिनुहोस्