OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १३, २०७७जुम्ला,
८९३ पटक

२०७७ माघ १३ गते ।

जुम्लाको तिला गाउँपालिका वडा नम्बर ७ गोठिगाउँमा आगलागी भएको छ । अहिले वेलुकी ६ बजे भएको आगलागी नियन्त्रणमा लिन नसक्दा ३५ बढि घर जलिसकेका स्थानीय परबहादुर रोकायाले जानकारी दिनुभयो । उहाँका अनुसार ५५ प्रतिशत घर जलिसकेका छन् । गाउँलेहरु आगो नियन्त्रण गर्न प्रयासरत रहेपनि नसकिएको उहाँले टेलिफोनमा जानकारी दिनुभयो ।

गाउँमा एक खानेपानीको धारा छ , त्यसले आगो निभ्याउन नभ्याएको उहाँले बताउनुभयो । यता जिल्ला प्रशासन कार्यालयले नेपाल प्रहरी, शशस्त्र प्रहरी घटनास्थलतिर पठाएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो । प्रहरी नायव उपरीक्षक माधव काफ्लेका अनुसार राराचौकीको प्रहरी केही समय अगाडि गएको र सदरमुकामबाट शशस्त्र सहितको टोली समेत घटनास्थलतिर विचमा जादै गरेको बताउनुभयो ।

सदरमुकामबाट करिब १ दिन लाग्ने सो स्थानमा सुरक्षाकर्मी त्यहा पुगेकाे स्थानीय बताउछन् ।

प्रतिकृया दिनुहोस्