OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीमाघ १०, २०७७काठमाडौं
१९३२ पटक

काठमाण्डौ, माघ १० गते । माक्सवादी अध्ययन केन्द्र तथा लोकपाटी डटकमका अध्यक्ष मनहरि तिमिल्सेनाको पुस्तक “कम्यूनिष्ट स्कुल”लोकार्पण गरिएको छ ।

नेकपा स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश ईन्चार्ज देवेन्द्र पौडेल र स्थायी कमिटि सदस्य योगेश भट्टराईले सो पुस्तक लोकार्पण गर्नुभएको हो । नेपाल प्रज्ञाप्रतिष्ठान काठमाण्डौमा उक्त पुस्तकको समिक्षा तथा अन्तरक्रिया समेत गरिएको छ ।

माक्र्सवादी अध्ययन केन्द्रद्धारा आयोजना गरिएको संसद विघटन र समाजवादी क्रान्तिको मार्गचित्र बिषयको अन्तक्रियामा नेता देवेन्द्र पौडेलले देशको वदलिदो पस्थितिमा निस्केको किताब कम्यूनिष्ट स्कुलले धेरै ज्ञान दिने बताउनुभयो । उहाँले कितावले छोटकरी धेरै बिषयको ज्ञानदिने भन्दै नेकपा स्कुल विभाग माक्सवादी अध्ययनको योजना सहित अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले स्कुल विभागले केही काम शुरु गर्न थालेको समयमा कोभिड शुरु भयो र अहिलेको राजनितिक परिस्थितिले फेरी समस्यामा ल्याएको बताउनुभयो । उहाँले ४४३ पेजको कम्यूनिष्ट स्कुल किताव माक्सवाद जोगाईराख्ने दस्तावेज भएको छ । जीवन र जगतलाई परिभाषित गर्ने शिक्षा अध्ययन गर्दा नैतिकवान र कार्यशैलीमा फरक आउने समेत बताउनुभयो ।

नेता योगेश भट्टराईले माक्र्सवादले तल्लो बर्गको संरक्षण, मध्यमलाई अवसर र माथिल्लो बर्गले सामाजिक उत्तरदायित्व अनिवर्याता माक्र्सवादमा भएको भन्दै कम्यूनिष्ट स्कुल किताव प्रकाशन गर्ने लेखक र प्रकाशकलाई धन्यवाद ज्ञापन गर्नुभयो । बुद्धिजीवि तथा पुर्व योजना आयोगका उपाध्यक्ष दिनेशचन्द्र देवकोटाले पुस्तकमा ज्ञान नैतिकता र हालको अवस्थालाई समेटदै आगामी मार्ग दर्शन समेत उल्लेख गरिएको भन्दै चाडै भाग कम्यूनिष्ट स्कुल भाग २ बजारमा आउने आशा गरेको जानकारी दिनुभयो । उहाँले माक्सवाद धेरै पढेर व्यवहारमा लागु गर्न सवै कम्यूनिष्टहरु लाग्नुपर्ने बताउनुभयो ।

अध्यक्ष मनहरि तिमिल्सेनाले विज्ञान र प्रविधिलाई दर्शनमा समेटन सकिन्छ कि नाई भन्ने बिषयमा वहश गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा अतिथिले दिएका सूझाव आगामी कार्ययोजनामा समेटिने र नेकपाको पार्टी स्कुल विभागको निर्देशन सिरोधारे गरिने बताउनुभयो
माक्सवादी के हो पढेर थाहा भयो :
कोरोना भाईरसले लकडाउन भएको समयमा माक्र्सवाद अध्ययन केन्द्रले नेकपा निकटका तीनहजार पाँच सय शिक्षक तथा बुद्धिजीविलाई माक्र्सवादी शिक्षाको तालिम दिएको जनाएको छ । उनिहलाई विद्यार्थी जस्तै अध्ययन गर्न खटाईएको छ । अध्यक्ष तिमिल्सेनाले सो मध्यका देशभरका प्रतिनिधि व्यक्तिहरु सो अन्तरक्रियामा सहभागि भएका थिए । जुम्लाबाट एकिकृत अखिल नेपाल क्रान्तिकारी शिक्षक संगठन जुम्लाका सचिव जयशंकर धिताल र ताप्लेजुङकी रोशनी लिम्बुलाई कक्षा लिदाको अनुभव सहितको भनाई राख्ने अवसर केन्द्रले सो कार्यक्रममा दिएको थियो । कार्यक्रममा जुम्लाका धितालले हिजो बुवा, बाजे कुनै पाटीमा लागेको भरमा हामी लाग्यौ तर माक्र्सवादी शिक्षा कस्तो रहेछ भन्ने बिषयमा अध्ययनबाट थाहाँ भएको अनुभव सुनाउनुभयो । उहाँले विचारको खडेरी परिरहेको समयमा यो अवसर मिलेकोमा माक्सवादी अध्ययन केन्द्रलाई धन्यवाद ज्ञापन गर्दै अव थप चुनौति थपिएको बताउनुभयो ।

ताप्लेजुङका रोशनी लिम्बुले हामीले कोभिडि महामारीको समयमा मास्कवादी शिक्षा लिन पाएकोमा भाग्यमानी भएको बताउनुभयो । काठमाण्डौमा आई अन्तरक्रियामा सहभागी हुनुभएका लिम्बुले बास्तविक माक्सवादी शिक्षाले काम गरेर खाने र समाज रुपमान्तरण गर्न उर्जा भएको र जिल्ला जिल्लामा कक्षा शुरु गरिने सूझाव दिनुभयो ।

तिमिल्सिनाको उक्त कम्यूनिष्ट स्कुलमा पाँच खण्डमा विभाजित गरिएको छ । दर्शनशास्त्र, मास्कवादी राजनितिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, कम्यूनिष्ट ईतिहास र विज्ञान प्रविधिलाई समेटिएको छ ।

प्रतिकृया दिनुहोस्