OnlinePana

आज : २०८३ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष २७, २०७७
११०८ पटक

 

२७ पुस २०७७, सोमबार

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यही पुस २६ गते आईतबारका दिन मन्त्री रावललाई पीसीआर जिन एक्सपर्ट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा.डम्बर खड्काले जानकारी दिनुभयो ।

“कोरोना पुष्टि भएपछि उहाँ (मन्त्री) को स्वास्थ्य अवस्था विशेषज्ञ चिकित्सकबाट जाँच गराईएको थियो,” निर्देशक डा.खड्काले भन्नुभयो, “चिकित्सकको सुझाव सल्लाह अनुसार थप उपचारका लागि मन्त्री रावललाई काठमाडौं पठाईएको छ ।”

कर्णाली प्रदेश अस्पताल सुर्खेतले आज एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री रावलको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

प्रतिकृया दिनुहोस्