OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २४, २०७७जुम्ला,
१३३० पटक

जुम्ला, पुस २४ गते । जुम्लाका यातायात व्यवसायीहरुले चर्को कर लगाईएको भन्दै ध्यानाकर्षण गरेका छन् । जुम्लाका ७ वटा यातायात प्रा.लीले चन्दननाथ नगरपालिकामा बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ । हामी यातायात व्यवसायीहरुको ढाँडै भाचिनेगरी एकतर्फि निर्णय गरेर चर्को कर असुलेर व्यवसायनै धरापमा पार्नेगरी गरिएको निर्णयको गम्भिर ध्यानाकर्षण गराउदछौ ।

ध्यानाकर्षपत्रमा भनिएको छ, समयमानै वार्ता थालि वैज्ञानिक तवरबाट समस्या सामाधान गर्न अनुरोध गरिएको छ । यदि व्यवास्ता गरेमा आन्दोलमा समेत उत्रिने चेतावनी समेत गरिएको छ ।

ध्यानाकर्षणमा तिला कर्णाली यातायात, सुर्खेत देउति यातायात प्रा.ली शाखा कार्यालय जुम्ला, नमस्ते जुम्ला प्रा.लि.,सुर्खेत वुलवुले यातायात प्रा.लि., गो कर्णाली यातायात प्रा.ली, सनराईज यातायात प्रा.ली, र भैरवनाथ यातायात प्रा.लीले कर चर्को भयो भन्दै ध्यानाकर्षण गराएका छन् ।

चन्दननाथ नगरपालिका र स्थानीय प्रशासनमा ध्यानाकर्षण गराएको जानकारी गराउदै सुनुवाई नभए यातायात समेत बन्द गर्ने सम्मका कार्यक्रम अगाडि बढाईने सुखैृत देउति यातायात प्रा.लीका ईन्चार्ज तेजेन्द्र हितानले बताउनु भएको छ ।

यता चन्दननाथ नगरपालिकाले भने सो विषयमा कार्यविधि वनेर अगाडि बढाईएको जानकारी दिएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईले वसपार्क संचालन सम्वन्धि कार्यविधि अगाडि बढेको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्