OnlinePana

आज : २०८१ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २३, २०७७सुर्खेत
५२७ पटक

 

 २३ पुस २०७७, बिहीबार

गुर्भाकोट नगरपालिका ९ सुर्खेत गरालेस्थित गौंडाबाट भेरी नदीमा बस खसेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बसमा तीन जना सवार रहेको प्रारम्भिक जानकारी आएको छ ।

बस खस्दा एक जनाको मृत्यु, एक बेपत्ता भएको र अर्को एक जना गम्भीर घाईतेलाई उद्धार गरिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतका प्रहरी निरीक्षक माधव चौधरी नेतृत्वको प्रहरी टोली भर्खरै घटनास्थलमा पुगेको छ ।

दुर्घटनाको विस्तृत विवरण आउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्