OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी पौष १५, २०७७जुम्ला ।
७३० पटक

पुस १५ गते । जिल्ला प्रशासन कार्यालय जुम्लाले जुम्लामा सडकमा रहेका वेवारिसे व्यक्तिहरुलाई न्यानो कपडा कम्वल र ज्याकेट वितरण गरेको छ ।

जुम्लामा चिसो बढ्दै गएको समयमा स्थानीय प्रशासनले सडकमा रहेका वेवारिसे मानिसहरुलाई न्यानो कपडा वितरण गरेको हो । सडकमा जीवन यापन गर्ने विपन्न र अपाङ्गता भएका ८ जना व्यक्तिहरुलाई ज्याकेट तथा कम्वल वितरण गरेको हो ।

स्थानीय प्रशासन, नेपाल रेडक्रस सोसाईटी जुम्लाले सडकमा चिसोको समयमा कपडा र ओढ्ने कम्बल नपाएर समस्या भएका व्यक्तिहरुलाई खोज्दै कपडा बितरण गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो । उहाँले जुम्लाको माईनस डिग्रिको चिसोलाई सडकमा अहिले तत्कालका लागि भेटिएका घरवार विहिन व्यक्तिहरुलाई न्यानो कपडा वितरण गर्ने र उनिहरुकोे दिर्घकालिन पुनस्र्थापनका लागि पहल गर्ने बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी थापा सहित नन्दनबक्सका गणपति दिवाकर रायमाझी, प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्ले, शशस्त्र प्रहरी नायव उपरीक्षक गगन श्रेष्ठ, पत्रकार महासंघका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाई सहित सरोकारवाला निकायहरु दिनभर सदरमुकाम क्षेत्रमा वेवारिसे व्यक्तिहरुको खोजी गर्दै, न्यानो कपडा लगाउने काम गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी थापाले जुम्लामा कति जना सडकमा वाध्यात्मक हिसावले वस्ने नागरिक छन् । उनिहरुको तथ्यांक संकलन गर्न आवश्यक रहेको जानकारी दिनुभयो ।

सडकमा आठ जना व्यक्तिहरु भेटिएका र अन्यलाई खोजी भईरहेको छ । जुम्ला सदरमुकाममा करिब एक दर्जन व्यक्तिहरु घरवार विहिन, अतिविपन्न तथा मानसिक समस्या भएका कारण सडकमै बास बस्ने गरेको अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्रले जानकारी दिएको छ ।उनिहरुलाई दिगो पुनस्र्थापनका लागि आवश्यक रहेको अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्र जुम्लाका सदस्य यज्ञबहादुर बुढ्थापाले दिनुभयो ।

यस अघि लामो समय देखी संरक्षण अभावमा स्थानीय सम्झना शाहीले पालनपोषण गर्दै आएका जुम्ला गठिचौर गाउँपालिका २ निवासी पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरु निर्मला बुढा र विष्णुमाया बुढालाई स्थानीय प्रशासन, गुठिचौर गाउँपालिका, सामाजिक विकास मन्त्रालय र अपांग पुनस्र्थापन तथा विकास कार्यालयको समन्वयमा सुर्खेतको मानवसेवा आश्रममा तत्कालका लागि पुनस्र्थापन गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्