OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १४, २०७७ सुर्खेत
८८५ पटक

१४ पुस २०७७, मंगलबार

प्रचण्ड–माधव पक्षधर नेकपाका नेत्री तथा निवर्तमान सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नव–तानाशाहको संज्ञा दिएकी छन् । मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रचण्ड–माधव पक्षधरद्वारा आयोजित विरोधसभामा नेत्री झाँक्रीले ओलीको त्यही तानाशाही कदमका विरुद्ध देशैभर आन्दोलन थालिएको बताइन् ।

नेपाली जनताले समृद्ध नेपाल सुखी नेपाली बनाउन नेकपालाइ बहुमत दिएको जनाउँदै उनले भनिन्, “नेकपा नेतृत्वको सरकार समाजवादी व्यवस्थाको यात्रा गरोस् भन्ने जनादेशसहित नेपाली जनताले पाँच वर्षसम्मको लागि आफ्नो अमूल्य मत दिएका हुन् । बिडम्बना, ओली नयाँ तानाशाह बनेर प्रस्तुत भए । ओलीले नेपाली जनताको लामो त्याग र बलिदानबाट प्राप्त भएको नेपालको संविधानको धज्जी उडाएका छन् ।”

विश्वमा इतिहासमा यस्ता तानाशाहको कि काटिने कि त घुँडा टेक्ने गरेका प्रशस्त उदाहरण रहेको झाँक्रीले बताउँदै उनले भनिन्, “हामीले राजालाई घुँडा टेकाएको ईतिहास धेरै भएको छैन । बिगतमा व्यक्तिको शासन अन्त गर्यौं । आज त्यही विधिको शासन स्थापना गर्न आन्दोलनमा आएका छौं ।”

आज विरोध प्रदर्शन न्यायपालिकालाई जनताको आवज सुनाउन गरिएको उनले बताईन । न्यायालय कसैबाट प्रभावित नहोस् र सहि न्याय दिलाओस् भन्दै उनले संविधानको अन्तिम व्याख्याता सर्वोच्चले लोकतन्त्रको पक्षमा फैसला गरोस भन्ने चाहाना रहेको विचार व्यक्त गरिन् । प्रतिगमनकारी ओली कदमले देशलाई अनिश्चितता र अध्याँरोतर्फ धकेलेकोले संविधान र संघीयता जोगाउने एक मात्र विकल्प संसद भएको भन्दै विधिमा रहेर काम गर्ने कुरामा न्यायालयप्रति पूर्ण भरोशा रहेको उनको भनाई थियो ।

उनले अगाडि भनिन, संघीय व्यवस्था ओलीले धरापमा पारेपछि बहुमत ल्याउने अवस्था रहेन ? त्यसैले आउनुहोस–यो व्यवस्था रक्षाका लागि एकै ब्यानरमा दुइ झण्डा लिएर प्रतिगमनका विरुद्ध लडौं । उनले नेपाली काँगे्रसलाई ओली पथ र विद्यापथमा हिडिरहेको आरोप लगाइन् । एकातिर संवैधानिक कु भन्ने अर्कोतिर चुनावमा सहभागी भएर बहुमत ल्याउने सपना देख्ने काम अहिले काँग्रेसले गर्दै आइरहेको उनको टिप्पणी थियो ।
ओलीलाई पार्टी अध्यक्ष, दलको नेता र प्रधानमन्त्री बनाएर गल्ती भएको महसुस भएको बताईन । अहिले जनतासँग जाँदा आफूहरुको शिर झुकाउनु परेको जनाउँदै संसद पुनःस्थापना गरेर उनले संघीयतालाई बलियो बनाउने प्रतिबद्धता गरिन् ।

विरोधसभामा नेकपाका केन्द्रीय सदस्यत्रय नरबहादुर विष्ट, विन्दमान विष्ट र झकबहादुर मल्लले वर्तमान प्रधानमन्त्री नेतृत्वको सरकारका कारण संघीयता खतरा अवस्थामा पुगेको र त्यसको रक्षाका निम्ति संसद पुनस्र्थापना अपरिहार्य रहेकोप्रति जोड दिनुभयो । नेकपा सुर्खेतका जिल्ला कमिटि अध्यक्ष ध्रुवकुमार शाही, सदस्यहरु अमृत विसी, मोहनकुमार बडुवाललगायतले केपी ओलीले जनताको मतको अवमूल्यन गरेको र उनीहरुको अपेक्षामाथि बलात्कार गरेको आरोप लगाएका थिए । आज प्रचण्ड–माधव पक्षधर नेकपाको विरोध प्रदर्शन तथा सभा देशभर झैं कर्णालीका १० वटै जिल्लामा सम्पन्न भएको थियो ।

 

प्रतिकृया दिनुहोस्