OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही पौष ९, २०७७जुम्ला ।
१४५९ पटक

खलंगा पुस ९ गते । नाग्म गमगढी राजमार्गको शुरु देखी १३ किलोमिटरको काम ५ बर्षमा समेत हुन नसकेपछि डिभिजन सडक कार्यालयले कामको जिम्मा लिएको हिम्दुङ एण्ड थोकर– हिरा नमिता जेभीलाई अन्तिम पत्र काटेको छ ।

डिभिजन सडक कार्यालय प्रमुख लिलाबहादुर भण्डारीले वाँकी काम शुरु गर्न पटक पटकको निर्देशन नटेरेपछि नवौ पटक पत्र काटिएको छ । प्रमुख भण्डारीका अनुसार सो राजमार्गको सवै स्थानमा लगभग काम राम्रो भईसकेको छ । शुरुवाती विन्दु १३ किलोमिटरमा ५ बर्ष अघि शुरु गरिएको काम अझै सकिएको छैन् । विचैमा काम छोडेर गएको सो निर्माण कम्पनीलाई २०७७ साल पुस २ गते अन्तिमपत्र काम गर्न भनि काटिएको कार्यालय प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

बि.सं २०७३ साल वैशाख १३ गते पहिलो पत्र दिईएको उक्त कम्पनीलाई आठ, नौवटा पत्र दिई सकिएको छ । पुष २ गतेको पत्र भने सात दिनको अल्टिमेटम सहितको पत्र दिइएको कार्यालयले जानकारी दिएको छ । पत्रमा कार्यालयले मिति २०७३ वैशाख १३ गते, २०७३ फागुन १७ गते, २०७४ असार ३२ गते, २०७४ फागुन २५ गते, २०७५ साउन २ गते, २०७६ भदौ २९ गते, २०७६ पुस २० गते, २०७६ चैत्र २ गते आठ पटक र २०७७ पुष २ गते काम गर्न ताकेता सहितको पत्र काटिएको पत्रमा उल्लेख छ ।

यसैगरी कार्यालयले २०७६ असोज २ गते र २०७७ कार्तिक २१ गते आर्थिक राष्ट्रिय दैनिकमा समेत काम गर्न भन्दै सूचना जारी गरिएको भएपनि काम अगाडि नबढेकोले अव पछिल्लो पुस २ गतेको सूचना अनुसार सात दिन भित्र काम नभए ठेक्का रद्ध गरिने र अर्कोलाई जिम्मा दिईने कार्यालयले जानकारी दिईएको छ ।

आधिकारिक प्रतिनिधि नन्दलाल श्रेष्ठ रहेको सांसद बहादुरसिंह लामाको फमको उक्त नम्बर १२।०७२।०७३ को सो ठेक्का सम्झौता २०७२ माघ ८ गते देखी २०७५ पुष ७ गते सम्म थियो । दोस्रो पटक २०७६ साउन १० गते सम्झौता भएर २०७७ जेठ ३० गते सम्म अवधि थपिएपनि काम हुन सकेको छैन् । १३ किलोमिटरको सम्झौता रकम रु १० करोड १३ लाख ८ हजार एकसय ३० रुपैया ५५ पैसा मध्य रु ७ करोड ९६ लाख १२ हजार दुई सय ७६ रुपैया २६ पैसा भुक्तानी भईसकेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

यता आधिकारिक प्रतिनिधी नन्दलाल श्रेष्ठले भने अन्तिम सूचनाको अन्तिम दिन आज मात्रै काम शुरु गर्ने भनेर फोन गरेका कार्यालयले जनाएको छ । उनले दर्जनौ पटक काम गर्छु भनेका तर हाल सम्मको वाँकी काम अलपत्र भएको कार्यालयले जनाउदै आएको छ ।

ठेक्का नम्बर ३.१ –२०७४।०७५मा खड्का कृष्ण गाल्भा– दक्याराभान जेभीको राजुसिहंक कठायत र तारासिंह कठायतले जिम्मा लिनु भएको काम नाग्म गमगढी राजमार्गको १७ देखी २५ सम्म ८ किलोमिटर जिम्मा लिईएको अहिले सो क्षेत्रको काम भने धमाधम भईरहको कार्यालयले जानकारी दिएको छ ।

नाग्म गमगढी सो १३ किलोमिटर क्षेत्रमा समयमै नभएको भन्दै रारा र सिञ्जा जाने पर्यटकलाई सास्ति हुनुका साथै विरामी भएर फर्किने गरेका छन् । स्थानीयलाई पनि उत्तिकै सास्ति हुने गरेको छ , एम्बुलेन्स समेत हिडन सो वाटोमा कठिन भएको स्थानीय बरमबहादुर शाहीले जानकारी दिनुभयो ।
सडक कार्यालयलको पुस २ गतेको पत्र तस्बिर नेत्र शाही जुम्ला ।

 

प्रतिकृया दिनुहोस्