OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाहीपौष ८, २०७७सुर्खेत
७९१ पटक

८ पुस २०७७, बुधबबार

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले सवारी चेकजाँच क्रममा ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन पारी आफू उम्कन खोज्ने छ जना गाडी चालकलाई पक्राउ गरेको छ ।

सुर्खेत ट्राफिक प्रहरीका कार्यालय प्रमुख प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यको नेतृत्वमा खटिई गएको टोलीले भेरीगंगा नगरपालिका १३ सुर्खेत भेरीपुलस्थित सडक–खण्डमा सवारी चेकजाँच गर्ने क्रममा चार चालक र दुई सहचालकलाई पक्राउ गरेको हो । ट्राफिक नियम उल्लङघन गरेको देखिएपछि ती सवारी साधनलाई सवारी तथा यातायात व्यवस्था ऐनअन्तर्गत कारवाही गर्न खोज्दा ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन देखाएर नगद दिन्छौं भन्ने लोभ चालकले प्रहरीलाई देखाएपछि उनीहरुलाई पक्राउ गरिएको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक आचार्यले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक आचार्यले चेकजाँचको क्रममा नियम उलंग्घन गरिएको पाएपछि ना.४.ख २८२४ नम्बरका ट्रक चालक धनगढी उप–महानगरपालिका ४ कैलाली निवासी २८ वर्षीय विवेक सिंह, ना.५.ख. ९६२४ नम्बरका ट्रक चालक सितगंगा नगरपालिका ९ अर्घाखाँचीका २७ वर्षीय कमल पुन, ना.७ ख ७०२४ नम्बरका ट्रक चालक भरतपुर महानगरपालिका ९ चितवनका ४७ वर्षीय कृष्णबहादुर नेपाली र भे.१.ख ३२०८ नम्बरका ट्रक चालक वीरेन्द्रनगर नगरपालिका १२ सुर्खेतका २४ वर्षीय कमल रजालाई पक्राउ गरिएको बताउनुभयो ।

त्यस्तै, पक्राउ पर्ने सहचालकहरुमा बा.३.ख.६२१२ नम्बर बसका सहचालक कोहलपुर नगरपालिका १ बाँकेका २४ वर्षीय सुनिल विश्वकर्मा र भे.१.ज ६५५ नम्बर विङगर चालक राप्ती सुनारी गाँउपालिका २ बाँकेका २१ वर्षीय प्रमोद विक रहेको उहाँले जनाउनुभयो । पक्राउ परेका सबै चालकहरुलाई कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाईएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले बताएको छ ।

 

प्रतिकृया दिनुहोस्