OnlinePana

आज : २०८२ बैशाख १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

मंसिर १६, २०७७
४६७ पटक

जुम्ला– जुम्लाको सिंजा गाउँपालिकाले गाउँपालिकाको मुकाम नराकोटमा कोभिड अस्थाथी अस्पताल स्थापना गरिएको छ । संघीय सरकारले देशभरका स्थानीय तहलाई अस्थायी कोभिड अस्पताल निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेपछि नराकोटमा अस्थायी कोभिड अस्पताल स्थापना गरिएको हो । एकजना मेडिकल अधिकृत, एक ल्याब टेक्निसियन, दुई स्टाफ नर्स र एक कार्यालय सहयोगी करारमा नियुक्त गरी अस्थायी कोभिड अस्पताल स्थापना गर्न संघीय सरकारले १० लाख बजेट विनियोजन गरेको थियो ।। सिंजा गाउँपालिकाका प्रवक्ता तथा वडाध्यक्ष नविन शमाले अहिले पाँच बेडको कोभिड अस्थायी अस्पताल स्थापना गरिएको जानकारि दिनुभयाे । ‘अस्पतालमा दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोग मात्र कार्यरत छन्,’ उहाँले भन्नुभयाे । ‘चिकित्सकका लागि दुई पटक विज्ञापन गर्दा पनि पद पूर्ति भएन । अझै पनि चिकित्सक ल्याउने प्रयासमा छौँ ।’ ‘अक्सिजन, न्युलाइट, अक्सिजन मिटर, अक्सिजन सिलिन्डर, आइसियु तथा भेन्टिलेटरजस्ता उपकरण विशेषज्ञ डाक्टर बिना अरुले चलाउन नसक्ने भएकाले यहाँ स्थानीय तहमा स्थापना गरिएका कोभिड अस्पतालमा छैनन् । स्थापना गरिएका कोभिड अस्पतालमा खाली बेड बाहेक अरु उपकरण राखिएको छैन । जुम्लाको चन्दननाथ नगरपालिका बाहेक, सात स्थानीय तहलाई १० लाखका दरले ७० लाख बजेट दिइएको हो ।

प्रतिकृया दिनुहोस्