OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही मंसिर १२, २०७७जुम्ला,
१५२१ पटक

खलंगा मंसिर १२ गते । बेपत्ता पारिएका व्यक्तिको न्याय दिलाउन, छानबीन गर्न वेपत्ता आयोग नेपालको टोली जुम्लामा पुगेको छ ।
आयोगका सदस्य डा.गंगाधर अधिकारी नेतृत्वमा जुम्ला पुगेर काम शुरु गरिने पत्रकारसँग भेटघाटबाट जानकारी गरेको हो । भेटघाटमा सदस्य डा.अधिकारीले नेपालमा सशस्त्र विद्रोहदेखि विस्तृत शान्ति सम्झौतासम्म राज्य तथा विद्रोही पक्षबाट बेपत्ता पारिएका नागरिकहरुको पहिचान र छुटेका व्यक्तिहरुको उजुरी लिने उद्देश्यले यो समयमा टाली कर्णालीमा पुगेको बताउनुभयो ।

उहाँले आयोगको कार्य क्षेत्र भनेकै छानबीन तथा अनुसन्धान भएकाले यसको मूल लक्ष्य तथा उद्देश्य भविश्यमा द्वन्द्व दोहोरिन नदिने भएको बताउनु भयो ।

डा अधिकारीले मुलुकभरबाट आयोगमा तीन हजार २२३ उजुरी परेको बताउँदै उहाँले कर्णालीमा ४०४ उजुरी परेको जनाउनुभयो । उहाँका अनुसार साविकको कर्णालीको कालीकोटमा ४५, जुम्लामा २०, मुगु २५, डोल्पा ६ र हुम्लामा चार जना बेपत्ताको उजुरी परेको छ ।

कोरोना महामारीका कारण आयोगले परिणाममुखी काम गर्न नसकेको स्वीकार्दै सदस्य डा.अधिकारीले कर्णालीलाई प्राथमिकता राखेर जुम्ला पुगेको आयोगले बेपत्ताहरुको छानबीन, अनुसन्धान र पहिचानका कार्य अगाडि बढाउने र चार दिनसम्म जुम्लामा बसेर यहाँका सरोकारवालाहरुसँग छलफल गर्ने जनाउनुभयो ।

छुटेका उजुरी लिईने :
आयोगले शनिवार जिल्ला स्थित सरोकारवाला निकाय सँग कार्यक्रम राखेको र २, ३ दिन जुम्लामे बसेर काम गर्ने जानकारी सहित छुटेका भएमा पनि उजुरी लिईने भएकाले कसैलाई जानकारी भएमा जिल्ला समन्वय समिति, स्थानीय तहमा सम्पर्क गर्न अनुरोध गरेको छ । आयोगका सदस्य अधिकारी सहित चार सदस्यीय टोलीले जुम्लामा शनिवार देखी काम शुरु गर्नेछ ।
द्धन्द्धमा वेपत्ता भएका भन्दै उजरी परेका व्यक्तिका नामावली : स्रोत वेपत्ता आयोग

 

 

प्रतिकृया दिनुहोस्