OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पूर्ण चौलागाई मंसिर ११, २०७७जुम्ला,
३८१ पटक

खलंगा मंसिर ११ गते । जुम्लामा राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको अवस्था बिषयमा सरोकारवाला निकायहरु सँग सूझाव र परामश शुरु गरेको छ ।

राष्ट्रिय मानव अधिकार कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले मानव अधिकारका सवालमा गर्नुपर्ने कामहरुको बिषयमा सरोकारवालाहरु सँग सूझाव लिन शुरु गरेको हो ।

कार्यालय प्रमुख बुद्ध नारायाण साहनी, अधिकृत धनराज शाही, अधिकृत किरण बराम सहितको नयाँ कर्मचारी टोली अहिले सरुवा भएर जुम्ला आएको छ । कार्यालयले शुक्रवार जिल्लाका पत्रकार, गैर सरकारी निकाय सँग सूझाव लिएकोछ । कार्यालयले मानव अधिकारका सवाल सँगै अहिले शुरु भएको १६ दिने लैगिक हिंसा विरुद्धको अभियान सहित १० डिसेम्वरमा मनाइने अन्तराष्ट्रिय मानव अधिकार दिवश कसरी मनाईने भन्ने बिषयमा सूझाव समेत लिईएको छ ।

कार्यालय प्रमुख साहनीले मानव अधिकारको अवस्था विषयमा सवै सरकोकारवाला सँग समन्वय सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । मानव अधिकार आयोगले गरेको छलफलमा पत्रकाहरुले जिल्लामा सामाजिक सवालमा मिडियाले उठाउने मुद्धामा मानव अधिकार आयोगले जोड दिनुपर्ने सझाव दिएका छन् । नेपाल पत्रकार महासंघ जुम्लाका उपाध्यक्ष नेत्र शाहीले मानव अधिकार आयोगले विकास निर्माणमा कर्णाली राजमार्ग र नाग्म गमगडिमा स्तरबृद्धि र कामको ढिलाईले सास्ति भएको बिषय अहिले मानव अधिकारले प्रधान बनाइनुपर्ने बताउनुभयो । उहाँले हिजो अनुसन्धान भएका सहित समाजका सामाजिक सवालमा संचार माध्याम सँग सहकार्य गरेमा राम्रो हुनेमा जोड दिनुभयो । उपाध्यक्ष शाहीले अहिले सडकमा वेवारिसे मानवहरु देखिएकाले उनिहरुको उद्धार गर्न अवको आवश्यकता रहेको भन्नुभयो ।

पत्रकार डिवि वुढाले पत्रकारले लेखेका समाचारको कार्यान्वन भएमा मानव अधिकारको रक्षा हुने बताउनुभयो । ईन्सेक जिल्ला प्रतिनिधी तथा पत्रकार मानदत्त रावलले पछिल्लो समय जिल्लामा भएका घटनाहरुको जानकारी गर्नु भएको थियो ।

यसैगरी अन्तराष्ट्रिय मानव अधिकार दिवस सहति १६ दिने लंैगिक हिंसा विरुद्धका विभिन्न दिवस मनाउने बिषयमा सूझाव दिईएको छ । यसैगरी चन्दननाथ नगरपालिका महिला शाखााका कमचारी पुष्पा थापाले लैगिक हिंसा विरुद्धको अभियानमा सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

छलफलमा अपांग पुनस्थापन तथा विकास केन्द्रका अध्यक्ष नन्दराज धिताल, हातेमालो समाजका अध्यक्ष टेकबहादुर रावत लगायतका व्यक्तिहरुले सूझाव दिनु भएको थियो । यसैगरी सरोकारवालाहरुले कोभिडलाई मध्यनजर गर्दै दिव मनाईनुपर्ने सूझाव दिनुभयो ।

 

प्रतिकृया दिनुहोस्