OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पुर्ण चौलागाईकार्तिक १३, २०७७जुम्ला,
७२० पटक

कार्तिक १३ गते । जुम्लाको तातोपानी गाउँपालिकाले पाँच बेडको अस्थायी कोभिड अस्पताल सुरु गरेको छ । गाउँपालिकाले ५ नम्बर वडाको ऐरेनीमा रहेको हेल्थपोष्टमा कोभिड अस्पताल सुरु गरेको हो ।

तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेका अनुसार अहिले साधारणतय आइसोलेसनमा हेन बेड मात्र राखिएको छ । आवश्यक सुविधा थप्दै जाने योजना रहेको जानकारी दिनुभयो । आइसियू, भेन्टिलेटरसहितका उपकरण थप्ने तयारी गरिएको छ । यसैगरी संघीय सरकारले सहयोग गरेको रु १० लाखमा अस्पताल शुरु गरिएको स्वास्थ्य संयोजक गुरु प्रसाद चौलागाईले थप्नुभयो । उहाँका अनुसार

तातोपानी गाउँपालिकाको अस्थायी कोभिड अस्पतालका लागि दुई पटक विज्ञापन गर्दा पनि मेडिकल अधिकृतको (चिकित्सक) आवेदन परेन । अहिले भने अहिले दुई जना स्टाप नर्स र एक जना कार्यालय सहयोगी कार्यरत छन् । अहिले ७ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । गएको चैतदेखि यता १२ जना मात्रलाई संक्रमण देखिएको स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाईले थप्नुभयो । यसमध्ये ५ जना निको भएर घर फर्किसकेका छन् । उनले भने पालिकाभरी ८ सय भन्दा बढीको पीसीआर परीक्षण गरिएको छ । ५० बेडको गाउँपालिकामा आइसोलेसन समेत रहेको जानकारी दिनु भएको छ ।

प्रतिकृया दिनुहोस्