OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही आश्विन ३०, २०७७जुम्ला,
१५०१ पटक

असोज ३० गते । जुम्लाका पर्यटन व्यवसायी तथा नेकपाका जिल्ला नेता ललितजंग महत कर्णालीको पर्यटन उत्थान समितिको संयोजक र  नेकपाका जिल्ला नेता जयबहादुर खत्री नेपाल वाल संगठन जुम्ला सभापति नियूक्त हुनुभएको छ ।

महतलाई नेपाल पर्यटन वोर्डले कर्णाली प्रदेश आन्तरिक पर्यटक पुर्नउत्थान समिति कर्णाली प्रदेश संयोजकको जिम्मेवारी दिएको हो । पर्यटन वोर्डका कार्यकारी प्रमुख डाक्टर धनन्जय रेग्मीको हस्ताक्षरित नियक्तिपत्रमा उहाँलाई कार्य जिम्मेवारी सहित तोकिएको हो ।
जिम्मेवारी दिईएको पत्रमा नेपालको पर्यटन क्षेत्रको उत्थानको मुख्य उद्देश्यका साथ पर्यटन व्यवसायीहरुको प्रतिनिधिमुलक संस्था पर्यटन व्यवसायीहरु र अन्य सरोकारवालाहरु समावेश गरी देशका सात वटै प्रदेशमा आन्तरिक पर्यटन पुर्नउत्थान समिति गठन गर्ने योजना अनुसार जिम्मेवारी तोकिएको जानकारी गरिएको छ । महतले सरकारले दिएको जिम्मेवारी पुरा गर्ने बताउनुभयो ।  देशका ७ प्रदेशका ७ जना संयोजक सहित ९ जनालाई पर्यटन वोर्डले जिम्मेवारी दिएको महतले जानकारी दिनुभयो ।

सौलियतमा हवाई सेवा शुरु गरिने :
यसैगरी दशैको समयमा सौलियतमा हवाईसेवा समेत शुरु गरिएको उहाँले बताउनुभयो । गो कर्णाली टुर एण्ड ट्राभल्सका सञ्चालक समेत रहेका महतले नेपालगंज देखी जुम्ला र जुम्ला नेपालगंजका लागि रु ४ हजार एक सय रुपैयामा गो कर्णालीले सेवा दिने उहाँले जानकारी दिनुभयो । यसैगरी सुर्खेत जुम्ला पनि सिता एयरमा सो सेवा दिईने संयोजक महतले थप्नुभयो ।
सिता एयरले कात्तिक १ गतेबाट सुर्खेत जुम्ला र २ गतेवाट सुर्खेत जुम्ला रु चार हजार एक सयमा उडान भर्ने उहाँले जानकारी दिनुभयो ।

पर्यटन व्यवसायमा अग्रणी भूमिका :
कर्णालीमा आउने पर्यटकका लागि व्यवसायीक रुपमा गो कर्णाली ट्राभल एण्ड टुर प्रालिले गति लिईरहेको छ । शुरुमा जुम्लामा स्नोल्याण्ड होटल सँगै पर्यटन व्यवसाय शुरु गरेको सो प्रालिले कर्णालीमा नेपालगंज सुर्खेतबाट आउने गो कर्णाली नामक सानो गाडि संचालनमा ल्याएको थियो । सो सानो गाडिको यात्राले निकै सहज तथा एक दिनमै नेपालगंज देखी यात्रुहरु जुम्ला आउने गरेका थिए । अहिले जिल्ला भर दर्जनौ साना गाडि संचालन छन् । यसैगरी गो कर्णालीले कर्णालीमा आउने पर्यटकका लागि हवाई उडानको जिम्मा पनि लिईएको थियो । जुन सेवा अहिले कर्णालीको राजधानी सुर्खेतमा समेत छ । यस अघि ¥याप्टिङ व्यवसाय पनि तिला नदिमा शुरु गरेर चर्चा कमाएको गो कर्णालीले दशैेमा अहिले सौलिएत जहाँजको अफर दिएको छ ।

खत्री वाल संगठन सभापति :
यसैगरी सरकारले हिमा गाउँपालिका साविक महावैपाथरखोला २ निवासी नेकपाका जिल्ला नेता जयबहादुर शाही वालसंगठन समितिको जुम्ला सभापतिमा नियूक्त हुनु भएको छ । उहाँ जिल्ला वालसंगठन समितिको सभापतिमा नियूक्त हुनुभएको जानकारी दिनुभएको हो ।
नेपाल सरकार महिला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगत नेपाल वाल संगठन समिति जुम्लाको जिल्ला सभापतिमा जिम्मेवारी असोज २० गते केन्द्रीय कार्य समितिको निर्णय अनुसार जिम्मेवारी पाउनु भएको हो ।

खत्रीलाई नेपाल वालसंगठनले विधान अनुसार जिल्लामा भएको चल अचल सम्पतिको व्यवस्थित अभिलेख राख्न, संरक्षण र अभिभावक विहिन वालवालिकाको साहारा बन्न जिम्मेवारी दिईएको छ । बि.स.२०५० सालबाट अनेरास्ववियूबाट राजनिति शुरु गर्नु भएका खत्री, पुर्व एमाले सचिवालय सदस्य हुदै नेकपा जिल्ला नेताको रुपमा हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस्