OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन १८, २०७७जुम्ला,
५९० पटक

असोज १८ गते । कोरोना संक्रमण बढेपछि ३ दिन देखी जुम्ला सदरमुकाममा लगाईएको निषेधाज्ञा हटाईएको छ ।
जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै निषेधाज्ञा हटाईको छ ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाबाट जारी आदेशमा २०७७ असोज १५ गतेबाट जारी गरिएको निषेधाज्ञा २०७७ साल असोज १८ गतेबाट खुला गरिने भएको छ ।

यसैगरी स्थानीय प्रशासनले जनस्वास्थ्य मापदण्डहरु अनिवार्य पालना गर्नुपर्ने सूचना जारी गरेको छ । दुईमिटरको भौतिक दुरी कायम गर्ने, सार्वजनिक स्थलमा हिड्दा अनिवार्य मास्क लगाउने, प्रत्यक पशलले अनिवार्य सावुनपानी, स्यानिटाईजर राख्नुपर्ने, प्रत्यक पशलमा दुईमिटरको गोलो घेरा लगाउनुपर्ने, ग्राहक र पशललाई छुट्याउने गरी डोरी लगाउने, सार्वजनिक स्थलमा समुहमा हिडडुल गर्न नपाईने छ । यसैगरी जिम , पुल हाउस, सैलुन तथा व्यूटिपार्लर भने अर्को सूचना जारी नभएसम्म पूर्ण वन्द हुने बताईएको छ ।

पछिल्लो समय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका २७ स्वास्थ्यकर्मी सहित ४७ जनामा कोरोना संक्रमण देखिएपछि परीक्षण, खोजीकार्य तथा फैलिन नदिन भन्दै निषेधाज्ञा गरिएको थियो ।

प्रतिकृया दिनुहोस्