OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १८, २०७७जुम्ला,
१२०७ पटक

जुम्ला भदौ १८ गते । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा कोरोना संक्रमित हुनु भएको छ । प्रमुख जिल्ला अधिकारी थापाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वाव परीक्षण हुदा संक्रमित देखिएको उहाँ आफैले बताउनु भएको छ ।

कोरोना रोकथामका लागि अग्रमोर्चामा खटिएका थापा आफै संक्रमित भएपछि आईसुलेसनमा बसेको जानकारी गर्नुभएको हो ।

सामाजिक संजालमा प्रजिअ थापाले सामाजिक सञ्जालमा जनताको सुरक्षा गर्ने सिलसिलामा काधमा जिम्मेवारी र हृदयमा ईमान्दारीता वोकेर कर्तब्य पालनाको सिलसिलामा कोरोना युद्धमा खटिदा आफुपनि संक्रमित भएको भावुक शब्द लेख्नु भएको छ । उहाँले आफु संक्रमित भएपछि आईसुलेसनमा रहेको र कार्यालयको कामको लागि सहायक प्रमुख जिल्ला अधिकारीको फोन ९८५८३२०३८० मा सम्पर्क गर्न अनुरोध गर्दै चाडै सेवामा फर्किने आशा गरेको लेख्नुभएको छ ।                                                                            थापा जुम्ला आउने बित्तिकै दैनिक वैठक सहित जिल्लाका कोरोना संक्रमित सहितलाई समेत भेट र आईसुलेसन व्यवस्थापन गर्न गाउँ गाउँ जानुभएको थियो ।
प्रजिअ थापा सहित  ६  जनाको नतिजा पोजेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डा. मंगल रावलले जानकारी दिनुभयो । उहाँका अनुसार चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालको पनि त्यही सँगै स्वाव परीक्षण गरिएको र उहाँको नतिजा नेगेटिभ आएको छ । एक दिन अघि मात्रै जिल्लाको कारागारका कैदीवन्दी सहित ३९ जनामा कोरोना संक्रमण देखिएको थियो ।

प्रतिकृया दिनुहोस्