OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ९, २०७७जुम्ला,
९४० पटक

भदौ ९ गते । जुम्लामा चट्याङले पाँच सय बढि भेडा मरेका छन् । पातारासी गाउँपालिका वडा नम्बर ४ मा जाजुल्ले सामुदायिक वनमा रहेको ढाँण खर्क सामुदायिक वनमा चट्याङले दिनेछन्  सय बढि भेडा मरेका भेटनरी तथा पशुअस्पताल जुम्लाका प्रमुख गोविन्द महतले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो क्षेत्रमा भेडा मरेको जानकारी भएको हो । यता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिका पशु तथा भेटनरी शाखाका प्राविधिक हरि कामी सहितको टोली घटनास्थलमा गएको छ । त्यहाँबाट आएको फोनको आधारमा बढि भेडा मरेको जानकारी भएपनि बृस्तृत बिबरण आउन वाँकी रहेको जानकारी गर्नुभयो । बिबरण आएपछि क्षेतिपुर्तिका लागि कर्णाली प्रदेश सरकार र संघीय सरकारलाई पठाईने भेटनरी कार्यालयले जनाएको छ । वेलुकी सम्म बृस्तृत बिबरण आउने स्थानीय तहले जानकारी दिएको छ ।

धेरै भेडा एकै पटक मरेको घटना किसानका लागि निकै ठूलो क्षेति भएकाले हामी सरोकारवाला निकायहरुले क्षेतिपुर्तिका लागि पहल गर्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले जानकारी दिनुभयो ।

यसैगरी गत बर्ष तिला गाउँपालिका वडा नं ६ को सुडिका किसानका समेत २५० भेडा चट्याङले मरेका थिए ।

प्रतिकृया दिनुहोस्