OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ८, २०७७सुर्खेत
४१२ पटक

८ साउन २०७७, बिहीबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को नीजि सचिवालयले नेकपाका स्थायी समिति सदस्य तथा पूर्व गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ का बारेमा विभिन्न सञ्चार माध्यममा प्रकाशित÷प्रसारित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

अध्यक्ष प्रचण्डको नीजि सचिवालयका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’द्वारा प्रेषित ध्यानार्षण पत्रमा भनिएको छ, “आन्तरिक वैचारिक बहसहरु एक जीवन्त पार्टीका विशेषताहरु हुन् । तिनै बहसका सम्बन्धमा मिडियामार्फत नेताहरुमाथि लगाइने आरोप र दुष्प्रचार निन्दनीय छ ।”

पार्टी एकतादेखि आजसम्मको काममा कमरेड प्रभाकरले अध्यक्ष कमरेड प्रचण्डलाई सहयोग गर्दै आउनुभएको कुरा सबैलाई विदितै भएको उल्लेख गर्दै संयोजक सापकोटाले अहिलेको पार्टी भित्रको आन्तरिक बहसमा पनि उहाँ पार्टी एकताका पक्षमा लाग्नुभएको जनाउनुभएको छ । नेता प्रभाकरमाथि अध्यक्ष कमरेड प्रचण्डसँग जोडेर गरिएका भ्रामक प्रचारहरुलाई खारेज गरिएको ध्यानाकर्षण पत्रमार्फत बताईएको छ ।

प्रतिकृया दिनुहोस्