OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ७, २०७७ जुम्ला
८५७ पटक

जुम्ला, साउन ७ गते । हिमा गाउँपालिका जार्जी गाउँका एक यूवा मृत अवस्थामा फेला परेका छन् । हिमा गाउँपालिका वडा नं ४ जार्जीका ३५ बर्षिय लगम भन्ने लोकबहादुर शाही मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीका अनुसार मृतक शाहीको शव जार्जी र सिम्तली गाउँको विचमा पर्नेबाटो भन्दा ५० मिटर तल भेटिएको छ । घटना स्थलमा गई प्रहरी फर्किएको छ भने थप अनुसन्धान भईरहेको उहाँले जानकारी दिनुभयो । मृतक शाहीको घटना कुटपिटबाट हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ ।

“जिल्ला प्रहरी कार्यालय जुम्ला र बुअ प्रहरी चौकीबाट प्रहरी टोली खटाएको छ । घटनाको विषयमा शंका गरिएका २÷४ व्यक्तिहरुलाई सोध्ने र बुझ्ने काम भइरहेको छ ।”

मृतक शाहीको छाती, अनुहार टाउकोमा चोट देखिएको उहाँले बताउनुभयो । मृत व्यक्तिको शव पोष्र्टमाटम गर्नका लागि जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तर्फ ल्याउने तयारी भईरहेको छ ।

प्रतिकृया दिनुहोस्