OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ६, २०७७ सुर्खेत
७५५ पटक

 ६ साउन २०७७, मंगलबार

अव्यवस्थित शहरीकरण, तीव्र बसाईसराई, आधुनिक शैली, संस्कार र नकरात्मक प्रवृतिका कारण समाजमा थुप्रै अपराधिक घटनाहरु बढ्दो अवस्थामा छन् । प्राकृतिक विपद् भन्दा विशेषगरी सामाजिक, आर्थिक, साँस्कृतिक पक्षको तादम्यता नमिल्दा र पारिवारिक बेमेलले यस्ता घटनाहरु नियन्त्रण हुन सकेका छैनन् ।

यो समस्या अहिले समाजको ठूलो रोग बन्दै गएको छ । कुनैपनि समाजमा हुने विभिन्न खाले हिंसा तथा अपराधबारे सरकारी निकाय तथा गैरसरकारी संघ÷संस्थाहरुले सामाजिक सचेतना, प्रशिक्षण, अभिमुखीकरण, गोष्ठी, बैठक, सेमिनार सम्मेलन पनि भएकै छन् । यद्यपि त्यस्ता कार्यक्रमहरुबाट अपेक्षित प्रतिफल प्राप्त हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतको गत आव.०७६÷०७७ मा तथ्याङ्क अनुसार सार्वजनिक सुरक्षा विरुद्धको कसुर, फुटकर ज्यान, झुण्डी तथा विष सेवनगरी आत्महत्या, लागु औषक सेवन तथा कारोवार, जबरजस्ती करणी एवं उद्योग, दुरुत्साहन, हातहतियार खरखजानालगायत कुल ६२२ मुद्दा मध्य १२८ आन्महत्याका घटनाहरु छन् ।

आत्महत्या गर्नेहरुमा ६९ पुरुष, ३६ महिला, १३ बालिका र १० बालक रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष भएको आत्महत्यालाई हिसाब गर्दा कुल योगको यो २१ प्रतिशत हो ।

त्यसैगरी, गत आव.मै ६१ जबरजस्ती करणी र २२ जबरजस्ती करणी उद्योगका घटना दर्ता भएको प्रहरी नायब उपरीक्षक घर्तीले बताउनुभयो । पछिल्लो समयमा आत्महत्या, बलात्कार, भव्यतव्य ज्यानका घटनाहरु समाजमा बढ्दै गएको उहाँको भनाई थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले विश्वव्यापीरुपमा फैलिएको नोबेल कोराना भाइरस (कोभिड–१९)ंले चैत्र ११ गतेदेखि असार मसान्तसम्म भएको बन्दीमा ५१ जनाले आत्महत्या गरेको जानकारी दिनुभयो । उहाँका अनुसार यो अवधिमा दर्ता भएका कुल १४० मुद्दामा ११३ आत्महत्याका घटना रहेका छन् ।

“नेपाल सरकारले गरेको बन्दाबन्दीको अवधिमा मात्र ४५ प्रतिशतले आत्महत्या गरेका छन्,” प्रहरी उपरीक्षक भट्टले भन्नुभयो, “यो पुरै कोरोना महामारीको कारण भने होइन ।” पारिवारिक झै–झगडा, दुरुत्साहन, व्यक्तिगत तनाव, सामािजक तथा मानसिक अवस्थाले आत्महत्या बढी भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार आव.०७३÷०७४ मा ७४, ०७४÷०७५ मा ९१, ०७५÷०७६ मा ९३ र ०७६÷०७७ मा ११३ जनाले आत्महत्या गरेको छन् । यसले गर्दा समाजमा नकरात्मक सन्देश गएको प्रहरी उपरीक्षक भट्टको भनाई थियो ।

प्रतिकृया दिनुहोस्