OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २, २०७७सुर्खेत
८४९ पटक

२ साउन २०७७, शुक्रबार

“ईतिहासमा फट्याङ्ग्राहरुको यत्रो संख्या देखेको पहिलो पटक हो, जसलाई सलह भन्दा रहेछन्,” बीरेन्द्रनगर नगरपालिका ७ सुर्खेत ईत्रामका ६९ वर्षीय मनकुमारी गुरुङले भन्नुभयो “एकै पटक आकाश र घरको बारीमा करोडौंको संख्यामा सलहको हुल देख्दा मत दंग परे ।”

ईसाई धर्मग्रन्थ बाईबलको प्रस्थान नामक पुस्तकको १० अध्यायको १–२० पदमा ‘सलहको विपत्ति’ बारे अहिले पनि पढ्न पाईन्छ । जहाँ मिश्रका राजा फारोले इस्रायलीहरुमाथि गरेको अत्यचारका विरुद्ध प्रभुले उनको राज्यमाथि ‘सलहको विपत्ति’ ल्याएका थिए भन्ने उल्लेख गरिएको छ । धर्मग्रन्थमा लेखिएको र आफ्ना पुर्खाहरुबाट सुनेको कथन आज कर्णालीवासीले प्रत्यक्ष भोगेका छन् ।

आज अपरान्ह ३ः१५ बजे कर्णाली प्रवेश गरेको सलहले राजधानी सुर्खेत उपत्यकालाई तीन घण्टा पुरै ढाक्यो । यसको हुल देखेर यहाँका नागरिकहरु आतंकित बने । कतिले दंग खाएर प्रश्न गर्दै थिए ः यो करोडौंको संख्यामा सलह कहाँबाट कसरी आयो र कहाँ गएर टुङ्गिन्छ ? भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पूर्व जानकारी गरे बमोजिम यहाँका स्थानीय नागरिकहरु थाल, घण्ट बजाउँदै, ढ्याङ्ग्रो ढोक्दै सडक, चौर र घरको छतमा निस्के ।

बीरेन्द्रनगरका विभिन्न बस्तीका नागरिहरुले आगो बालेर धुवाँ निकाले । दुई÷तीन वर्षे बालकदेखि ज्येष्ठ नागरिकहरु बाहिर निस्कँदा सुर्खेत उपत्यकाको दृश्य मेला जस्तै बनेको थियो । धेरै घरका छतहरुमा ठूलो आवाजमा साउण्ड बक्ससमेत खोलिए । तरपनि सलहको झुण्डमा बिग्रह आउन नसकेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत धनबहादुर कठायतले जानकारी दिनुभयो ।

“भारतको राजस्थानबाटै नेपालगञ्ज हुँदै करोडौंको संख्यामा सलह आज कर्णाली आईपुगेको छ र यो जुम्लासम्म पुगेको छ,” सूचना अधिकारी कठायतले भन्नुभयो, आज उपत्यकामा बादल जस्तै गरी ढाकेको यो सलह बेलुका कहाँ बस्छ ? भनेर प्राविधिक टोली अहिले सुर्खेतको बड्डीचौर पुगेको छ ।”

उहाँका अनुसार आज कति क्षति गर्छ भनेर प्राविधिक कर्मचारीहरु रिपोर्टिङका लागि फिल्डमा पुगेका छन् । बिहान ६–९ बजेको समयमा यसले बाली खान शुरु गर्ने भएकोले भोलि बिहानको समयमा तयारी हुनका लागि कृषि प्रयोगशालाका प्राविधिकहरुले तयारी गरिरहेको सूचना अधिकारी कठायतले बताउनुभयो ।

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले आज संख्यात्मक रुपमा बढी सलह कहाँ बस्यो भनेर किसानहरुबाट सूचना लिन र त्यही अनुसार तीव गतिमा स्प्रे गर्न सकिने मेसिन तयार गर्न प्राविधिक कर्मचारीहरुलाई निर्देशन दिएको बताउनुभयो ।

प्रदेश सरकारले सबै नागरिकहरुलाई सलह भगाउन यस अघि नै अपिल गर्दै आएको थियो । करोडौंको संख्यामा भित्रिएको सलहले बाली सखाप हुने चिन्तामा रहेका किसानहरुले कृषि प्राविधिकहरुलाई फोन सम्पर्कबाटै सलहको व्यवस्थापन गर्न अनुरोध गरेका छन् ।

प्रतिकृया दिनुहोस्