OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २६, २०७७सुर्खेत
१०३३ पटक

२६ असार २०७७, शुक्रबार

मध्य–पश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत, नेपाल र ह अर्थशास्त्र तथा वाणिज्य सिजियाज्वाङ् विश्वविद्यालय चीनबीच समझदारी भएको छ ।

शैक्षिक तथा अनुसान्धान विकासमा सहकार्य गर्नका लागि दुई विश्वविद्यालयबीच समझदारी भएको हो । मध्य–पश्चिमान्चल विश्वविद्यालय तर्फबाट उपकुलपति प्राडा. नन्दबहादुर सिंह र हपेई अर्थशास्त्र तथा वाणिज्य विश्वविद्यालय सिजियाज्वाङ् तर्फबाट उपकुलपति प्राडा. हे छिछ्याङ्गद्वारा समझदारी पत्रमा हस्ताक्षर गरिएको विश्वविद्यालयका उप–प्राध्यापक एवं सूचना तथा सञ्चार प्रविधि विज्ञ पञ्चदेव भट्टले जानकारी दिनुभयो ।

“उक्त सम्झौता कुनै निश्चित अवधिका लागि मात्र नभई दीर्घकालीन रुपमा लागु हुने कुरा सम्झौता पत्रमा उल्लेख गरिएको छ ।” उप–प्राध्यापक भट्टले भन्नुभयो, “यो सहकार्यपश्चात् दुई वटै विश्वविद्यालयले साझा चासोका विषयहरुमा सहकार्य गरिनेछ । जसअन्तर्गत दीर्घकालीन तथा समग्र सहयोगको परिधिभित्र रहेर वैज्ञानिक अनुसन्धान, शैक्षिक संस्था सञ्चालन तथा भिजिटिङ स्कलर आदान प्रदान हुनेछ ।”

उहाँका अनुसार शैक्षिक पठनपाठन सुधार तथा सिकाईका लागि उपयुक्त प्राध्यापकहरु समेत विश्वविद्यालयबीच आदानप्रदान हुनेछन् भने भविष्यमा विश्वविद्यालयअन्तर्गत रहेका विभाग तथा स्कुलहरुबीच समेत नजिकबाट सहकार्य हुनेछ । यो समझदारीपश्चात् दुवै विश्वविद्यालयले आफ्ना विद्यार्थीहरु सम्बन्धित विषय अन्तर्गत रहेर ट्रान्सफर गरी पढ्न सक्नेछन् जसले गर्दा उनीहरुको सिकाई सुधार तथा अन्तर्राष्ट्रिय शिक्षामा समेत पहुच पुग्ने कुरा उहाँले बताउनुभयो ।

यसैगरी यो समझदारीमा आधारित रहेर सहकार्यको प्रभावकारिता र उपयोगिताको दायरालाई अझै फराकिलो पार्नका लागि अन्य समझदारीसमेत गर्न सकिने व्यवस्था रहेको जनाईएको छ । जुन उच्च अधिकारीहरुको संवाद, भ्रमण तथा छलफलमार्फत् गरिने कुरा उल्लेख गरिएको छ ।

सन् १९५३ मा चीनको हपेई प्रान्तमा स्थापना भएको हपेई अर्थशास्त्र तथा वाणिज्य विश्वविद्यालयअन्तरगत अर्थशास्त्र, व्यवस्थापन, कानून मुख्य विधा हुन् भने कला र विज्ञान तथा प्रविधि विषेश अध्ययन अध्यापनका क्षेत्र हुन् । यो सहकार्यपश्चात मध्य–पश्चिमाञ्चल विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा अध्ययनरत विद्यार्थीहरुले प्रत्यक्ष शैक्षिक लाभ लिनसक्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस्