OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही आषाढ २४, २०७७जुम्ला,
९५८ पटक

खलङ्गा असार २३ गते । महामारीको समयमा स्वास्थ्य संस्थाको पूर्वाधार बलियो बनाउन अवको आवश्यकता पहिलो भएको भन्दै जिल्ला जनस्वास्थ्य सेवा र स्थानीय सरकारले पूर्वाधारमा एक्सन थालेका छन् ।

यति वेला कोभिडले अस्त व्यस्त बनाएको समयमा स्वास्थ्य संस्थाको पूर्वाधारको हालको अवस्थामा कसरी बलियो बनाउने भन्ने बिषयमा जोड दिने बिषयमा छलफल सहित योजना बनाउन थालिएको छ । त्यही बिषयलाई प्रथामिकता दिदै जनस्वास्थ्य सेवा कार्यालयले जुम्ला जिल्लाका स्थानीय तह र स्वास्थ्यचौकी ईन्चार्जहरुको सहभागितामा सवलीकरण वैठक समेत संचालन गरिरहेको छ ।

जिल्लाको कनकासुन्दरी, हिमा ,सिञ्जा, गुठिचौर र पातारासी गाउँपालिकामा जनस्वास्थ्य सेवा कार्यालयले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरु र स्वास्थ्य संस्थाका ईन्चार्जहरुको सहभागितामा सो वैठक सम्पन्न गरि आवश्यक आधारभुत योजना तयार गरिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो ।

स्थानीय तहले समेत कोरोना सहितका विभिन्न रोगहरु विरुद्ध लड्नका लागि यस बर्ष प्रथामिकता दिईरहेको समयमा जिल्लाका स्वास्थ्य चौकीहरुको अवस्था र सुधार्नुपर्ने बिषयमा जोड दिईएको हो । वैठकमा स्वास्थ्यचौकीहरुका ईन्चार्जहरुले वास्तविक अवस्था र व्यवस्थापन गर्नुपर्ने तथा सुधार्नुपर्ने अवस्थाको वारेमा प्रस्तुतकिरण गर्दै जानकारी गरिएको छ ।

यहाँको पातारासी गाउँपालिकामा गरिएको हालको स्वास्थ्यचौकीको अवस्था र स्वास्थ्य ईन्चार्जहरुको प्रस्तुतीकररणमा दरवन्दी सवैमा आपुर्ति भएको छ । केही स्थानमा बर्थिङ सेन्टर निर्माण भएपनि पूर्वाधार तयार नभएको, केही स्थानमा स्वास्थ्य सामाग्री अपुग भएको जानकारी गरिएको छ । स्वास्थ्य ईन्चार्जहरुले भने झाडापखाला लगायतका रोगहरु नियन्त्रण गर्न जिंक ट्याब्लेट प्रभावकारी ९९.१ प्रतिशत प्रयोग भएको बताएका छन ।

पटमारा स्वास्थ्यचौकीका इन्चार्ज कृष्ण बुढाले बर्थिङ सेन्टर निर्माण भएपनि स्वास्थ्य सामग्री अभावमा संचालनमा ल्याउन नसकिएको बताउनुभयो । स्वास्थ्य चौकी ईन्चार्जहरुले यातायातका साधन नहुदा रातदिन आकस्मिक रुपमा उपचार गर्न कठिन भएको बताएपछि गाउँपालिका अध्यक्ष लछिमन बोहोराले प्रत्यक स्वास्थ्य सस्थालाई एक एक मोटरसाईल उपलब्ध गराउने प्रतिवद्धता गर्नुभएको छ । उहाँले कोरोनाले थप पाठ सिकाएको भन्दै सवै अभावहरुको योजना बनाएर गाउँपालिका र जनस्वास्थ्य कार्यालयले परिपुर्ति गर्ने पहिलो प्रथामिकता रहेको बताउनुभयो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले गरेका कामहरुको जानकारी गर्दै ठिक समयमा भएको योजना बैठकबाट धेरै बिषय सम्वोधन हुने बताउनुभयो ।

स्वास्थ्य संयोजक रतनबहादुर बुढ्थापाले कोरोनाका कारण धेरै रकमको काम गर्न नसकिएकाले साना अभाव तत्काल माग गर्न स्वास्थ्य ईन्चार्जहरुलाई अनुरोध गर्नुभयो । यसैगरी अन्य स्थानीय तहमा पनि सोही अनुसार योजना सवलीकरण वैठक भएका र स्वास्थ्य क्षेत्रमा थप बलियो बनाउन प्रयास भईरहेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्