OnlinePana

आज : २०८१ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ४, २०७७जुम्ला
१७०८ पटक

यहाँको चन्दननाथ नगरपालिकामा कार्यालय भित्र यूवाहरुले संकलन गरेको फोहर फालेका छन् । नगरपालिकाका यूवाहरुले फोहर राख्ने स्थान कतै नभएको र अहिले सम्म टुंगो नलगाएको भन्दै फोहर नगरपालिका कार्यालयभित्र ध्यानाकर्षण स्वरुप भित्र फालेका हुन् । यस अघि पनि उनिहरुले कार्यालयको गेटमा फोहर फालेका थिए ।

सदरकुकाममा व्यवस्थापन गर्ने स्थान नहुदा अहिले फोहर थुप्रिरहेको र यसको व्यवस्थापन हुन सकेको छैन् । चन्दननाथ नगरपालिकाले भने नगरपालिकाकै दुनादुनी भन्ने स्थानमा  दिर्घकालिन डम्पिङ साईड निर्माण भईरहेको भन्दै आएको छ ।
यता दैनिक उत्पादन हुने फोहोर  कता राख्ने भन्ने टुंगो नलागेका कारण बजार क्षेत्रमा पनि थुप्रो उत्तिकै देखिन्छ । डम्पिङ साईड नहुदा पटक पटक सफा गरिने जुगाँड खोला पनि भरिदै  गएको छ ।
यूवाहरुले फोहर उठाउने व्यवस्थापन नहुदा प्रशासन अगाडि समेत सफा गरिएको फोहर फाल्ने प्रयास गरेका थिए तर नगरपालिका कार्यालय भित्र फालि दिएका छन् ।
यूवाहरुले फोहर फालि दिएपछि नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी जम्मा भएर छलफल गरिरहेका थिए । यूवाहरुले कार्यालय परिसर भित्र फालिदिएको फोहर भने नगरपालिकाले उठाएको छ । तर कहाँ जम्मा गर्ने भन्ने बिषयमा आफै अन्यौल छ ।

यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सोभाकर रेग्मीका अनुसार सो बिषयमा आफु भर्खरै आएको हुदा बुझ्दै गरेको र  तत्कालिन  फोहर फाल्ने स्थान नपाएर समस्या भएको जानकारी दिनुभयो ।

अव तत्कालिन र दिर्घकालिन डम्पिङ साईडको व्यवस्था नहुनेहो भने सुन्दर जुम्ला दिन प्रतिदिन दुर्घन्धित हुदै जानेछ ।  यसका लागि स्थानीय सरकार, राजनैतिकदलहरु सहित सरोकारवालाहरुले तत्काल सामाधानको बाटो खोज्न आवश्यक रहेको छ ।

प्रतिकृया दिनुहोस्