३० जेठ २०७७ शुक्रबार,
भारत र जिल्ला बाहिर आउने मानिसहरुको संख्या अत्याधिक बढेपछि यहाँको पातारासी गाउँपालिकाले विदेशमा रहेका आफ्ना नागरिकको तथ्यांक संकलन गरेको छ ।
यहाँको पातारासी गाउँपालिका जुम्लाले विदेशमा रहेका आफ्ना नागरिकहरुको तथ्यांक संकलन गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका स्वास्थ्य संयोजक रतनबहादुर बुढ्थापाले विदेशमा रहेका नागरिकहरु कति छन् ? कसरी व्यवस्थापन गर्ने भन्ने योजनाका साथ तथ्यांक संकलन गरिएको छ । पालिकाको स्वास्थ्य शाखामा प्राप्त तथ्यांक अनुसार भारत र तेस्रो मुलुकमा रहेका नागरिक एक हजार ५५ जना रहेका जानकारी दिनुभयो ।
कति छन् विदेशमा ?
पातारासी गाउँपालिकाको वडा नम्बर १ मा भारतमा रहेका १३० जना, तेस्रो मुलुकमा रहेका २८ जना, वडा नम्बर २ मा भारतमा २०२ जना, तेस्रो मुलुकमा भएका २५ जना, वडा नम्बर ३ मा भारमा रहेका २५७ जना, तेस्रो मुलुकमा रहेका ७ जना, बडा नम्बर ४ मा भारतमा १२७ जना र तेस्रो मुलुकमा ३९ जना, वडा नम्बर ५ मा भारतामा रहेका ७६ जना र तेस्रो मुलुकमा रहेका ३८ जना, वडा नम्बर ६ मा भारतमा रहेका ४० जना र तेस्रो मुलुकमा रहेका २४ जना, वडा नम्बर ७ मा भारतमा रहेका ११९ जना र तेस्रो मुलुकमा रहेका १९ जना छन् ।
उहाँका अनुसार स्वयंसेविका र वडा कार्यालयको सहयोगमा हरेक वडामा तथ्यांक संकलन गरिएको हो । अहिले बिशेषगरी रोजगारी वा अन्य शिलसिलामा रहेका नागरिकहरुको तथ्यांक राखिएको हो ।
गाउँपालिका अध्यक्ष लछिमन बोहराका अनुसार अहिले कोरोना रोकथाम अभियानमा गाउँपालिका लागिरहेको छ । अनेकौ व्यवस्थापन गर्नुपर्ने भएकाले अव खास हाम्रा नागरिक बाहिर कति छन् त भन्ने बिषयमा स्वास्थ्य शाखाको सक्रियतामा तथ्यांक संकलन गरिएको र सोही अनुसार अगाडि बढ्न थालिएको छ ।
हरेक वडा कार्यालयको सहकार्यमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको सहयोगमा तथ्यांक संकलन गरिएको संयोजक बुढ्थापाले जानकारी दिनुभयो ।
यता प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाका अनुसार वडा स्तरमा तथ्यांक संकलन गरि एकिकृत गरिएको र सोही अनुसार फर्किैने व्यक्तिका लागि गाउँपालिकामा क्वारेन्टाईनको व्ययवस्था गरिनेछ । अहिले समाज शास्त्री डोरबहादुर बिष्टको जिण भवनलाई मर्मत गरेर गाउँपालिका स्तरीय क्वारेन्टाईन निर्माण गरिएको छ । ५० सो क्वारेन्टाईनमा रहेको गाउँपालिकाले जनाएको छ । यसैगरी गाउँपालिकाले स्वदेशबाट आउने नागरिकहरुका लागि आ आफ्नै वडामा क्वारेन्टीन बनाएको छ ।
जिल्लाका सवै स्थानीय तहलाई विदेश र जिल्ला वाहिर रहेका नागरिकहरु के कति छन् । यसको तथ्यांक राख्न स्थानीय प्रशासनले समेत जोड दिएको सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार तथ्यांक अनुसार व्यवस्थापन र कोभिड रोकथाममा सजिलो हुने भएकाले जिल्लाभरीकै तथ्यांक संकलन अनिवार्य रहेको छ ।
पूर्ण चौलागाईजेठ ३०, २०७७जुम्ला,
१२१२ पटक
- कार्तिक २९ गतेको खबरदारी सभाका लागि ६० वटा वडामा माओवादीले खटायो कमाण्डर
- कर्णाली प्रतिष्ठानको दिक्षान्त समारोह तयारी पुरा : प्रधानमन्त्रीले उदघाटन गर्ने
- जुम्ला तातोपानीको गोप्थाडा गाउँ : जहाँ छैन एसईई पास जनशक्ति
- जुम्ला प्रहरीको पत्रकार भेटघाट : पछिल्ला घटना सार्वजनिक
- जुम्लामा माओवादीको वडा, वडामा वेथिति र भ्रष्ट्रचार विरुद्ध खबरदारी सभा सम्पन्न
- सांसद ज्ञानबहादुर शाहीको अभिव्यक्ति झुट र द्धन्द्ध फैलाउने हो : माओवादी केन्द्र जुम्ला
- तिलाको देउति यूवा क्लव पेनाल्टी सुटआउटमा बिजयी
- सिञ्जा गाउँपालिका २ वालविवाह मुक्त र शत प्रतिशत वालवालिका विद्यालयको पहुँचमा वडा घोषणा
- कार्तिक २९ गते माओवादीले वडा, वडामा खबरदारी सभा गर्ने
- सरोकारवालाहरु भन्छन्ः ‘मानसिक स्वास्थ्य’लाई साझा मुद्दा बनाउनुपर्छ’