OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २४, २०७७ जुम्ला,
७५८ पटक

खलङ्गा जेठ २४ गते , डोल्पामा मृत्यू भएका एक जनामा कोरोना पुष्टि भएको छ । डोल्पा जगदुल्ला गाउँपालिका वडा न. ३ निवासी ५८ बर्षिय पुरुषको गत जेठ २० गते डोल्पा होम क्वारेन्टाईनमै मृत्यू भएको र उहाँको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको छ ।
प्रतिष्ठानले प्रकाशन गरेको बिज्ञप्तिमा उहाँ अस्थायी बसोवास सुर्खेतमा गर्दै आउनु भएको र २०७७ जेठ १६ गते डोल्पा घरमा गई होम क्वारेन्टाईनमा बस्नु भएको थियो । यसैगरी उहाँको जेठ २० गते घरको होम क्वारेन्टाईनमै मृत्यू भएको जानकारी गरिएको छ । यसैगरी उहाँको जेठ २२ गते स्वाब संकलन गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याईएको थियो । पिसिआर विधीबाट परीक्षण गर्दा नतिजा पोजेटिभ आएको निर्देशक मंगल रावलले जानकारी दिनुभयो ।
प्रतिष्ठानले बिज्ञप्ति मार्फत घटना स्थल भौगोलिक दुरीले टाढा भएकाले त्यहाँका स्थानीयको समन्वयमा अन्य सम्पर्कको खोजी गरिने बताएको छ । अव डोल्पाको ५८ बर्षिय पुरुषको यो घटना सहित कर्णालीमा कोरोनाको कारण मृत्यू हुने संख्या ३ जना पुगेको छ । यस अघि सुर्खेतमा एक र दैलेखमा एक जानको कोरोनाका कारण मृत्यू भएको पुष्टि गरिएको छ ।
क्याप्सन ः कर्णाली प्रतिष्ठानले प्रकाशन गरेको विज्ञप्ति तस्बिर प्रतिष्ठान

प्रतिकृया दिनुहोस्