OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटीजेठ २३, २०७७ जुम्ला ,
१९६५ पटक

२३ जेठ २०७७, शुक्रबार

कर्णाली प्रदेशमा नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको कुल संख्या ४८९ पुगेको छ ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटी पिसिआरबाट ९७ र कर्णाली प्रदेश अस्पताल तथा पशुंपक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा भएको आरटी पिसिआर परीक्षणबाट तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज कोरोना पुष्टि भएकाहरुमा दैलेख दुल्लु नगरपालिकाका २७, महावु गाउँपालिका दैलेखका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार महाबु गाउँपालिकाको वडा नं. २ मा मात्र दुई महिलासहित ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, जुम्ला चन्दननाथ नगरपालिकाका तीन, हुम्ला चंखेली गाउँपालिकाको एक, सुर्खेत पञ्चपुरी नगरपालिकाको एक, जाजरकोट भेरी नगरपालिकाको एक, दोलखा तामाकोशी गाउपालिकाका एक, रामेछाप दोरोम्बा गाउँपालिकाका एक र गोरखा आरुघाट गाउँपालिकाका एक गरी १०० जना व्यक्तिमा संक्रमण पुष्टि भएको महाशाखा प्रमुख डा.तिवारीले जनाउनुभयो ।

हुम्ला र जाजरकोट जिल्लामा एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कर्णालीका डोल्पा र रुकुमपश्चिम बाहेक आठ जिल्लामा यसको संक्रमण फैलिएको स्वास्थ्य सेवा महाशाखा कर्णाली प्रदेशले जनाएको छ । आज ९१ जना थपिसँगै दैलेख जिल्लामा मात्र कोरोना संक्रमित हुनेको संख्या ३०१ पुगेकोे बताईएको छ ।

सामाजिक विकास मन्त्रालयले प्रकाशन गरेको प्रतिवेदन तस्बिर

प्रतिकृया दिनुहोस्