OnlinePana

आज : २०८२ फागुन २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन २४, २०८२
१० पटक

 

२४ फागुन २०८२, आईतबार

सल्यानमा नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार रमेश कुमार मल्ल विजयी हुनु भएको छ । उहाँले २३ हजार १८९ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका ललित कुमार चन्दले २०,९०४ मत प्राप्त गर्नु भएको छ । चन्दलाई मल्लले २ हजार २ सय ८५ मतान्तरले पराजित गर्नु भएको हो ।

यस्तै नेपाली कांग्रेसका केश बहादुर विष्ट १७ हजार ५५८ नेकपा एमालेका गुलाब जंग शाहले १५ हजार ३७३र राष्ट्रिय प्रजातन्त्र पार्टीकी अनिषा नेपालीले ९०२ मत प्राप्त गर्नु भएको छ ।
१ लाख ६२ हजार ४४९ मतदाता रहेको सल्यानमा ८३ हजार १ सय ६७ मत खसेको थियो । जसमा तीन हजार ४५८ मत बदर भएको थियो । ७९ हजार ४४९ मत मात्र सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ ।

को हुन निर्वाचित मल्ल

४७ वर्षीय रमेशकुमार मल्ल विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा उदाएका नेता मानिन्छ । २८ माघ २०३५ मा सल्यानको कुमाख गाउँपालिका ५, बाल्लेमा जन्मिएका मल्ल पछिल्लो तीन दशकदेखि राजनीतिमा क्रियाशील हुनुहुन्छ ।

२०५० सालमा उनले तत्कालीन माओवादीनिकट अनेरास्ववियु (क्रान्तिकारी) को सदस्यता लिएर विद्यार्थी आन्दोलनमा होमिएका उहाँ २०५३ सालमा शीतल उच्चमावि इकाइ समिति सदस्य भए । २०५४ मा क्रान्तिकारी विद्यार्थी संगठन सल्यान जिल्ला समितिको सदस्य हुँदै २०५६ सालमा जिल्ला अध्यक्ष बन्नुभएको थियो ।

यसका अतिरिक्त २)७१ फागुनदेखि २०७२ श्रावणसम्म त्रिभुवन विश्वविद्यालय सभाको सदस्य (सिनेटर), २)७३ साउनदेखि २०७४ जेठसम्म पहिलो पटक र २०७९ पुसदेखि २०८१ असारसम्म दोस्रो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिवका रूपमा काम गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका मल्लले प्रारम्भिक शिक्षा गाउँकै अरनिको प्राविबाट लिनुभयो । माध्यमिक तहको शिक्षा रुकुमको शीतल उमावि, चौरजहारीबाट पूरा गर्नुभएको यिो ।

संसदीय राजनीतिको मैदानमा भने मल्ल पहिलो पटक उभिनुभएको हो । नयुद्धकालका १० वर्षे कठिन भूमिगत जीवन र शान्ति प्रक्रियापछिका २० वर्षमा राजनीतिका विविध उतारचढाव, पार्टीका अनेकन अन्तरविरोधमा सामेल भएका रमेशले पहिलोपटक जनतामाझ परीक्षित हुने मौका पाउनुभएको हो ।

प्रतिकृया दिनुहोस्