

जेठ २१ गते । कर्णाली प्रदेशमा कोरोना संक्रमणको संख्या २७८ पुगेको छ ।
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जारी गरेको पछिल्लो प्रेस विज्ञप्तिमा कालिकोटका थप ७ जना , दैलेखका थप ७ जना र सल्यानका दुई जना गरी १६ जनामा संक्रमण देखिएको हो ।
मन्त्रालयको बिज्ञप्ति अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा परीक्षण गरिएका कालिकोटका सात जना, दैलेखका छ जना रहेका, प्रदेश अस्पताल र पशुपक्षी रोग अन्वेषण शाखाका सुर्खेतमा परीक्षण गरिएका ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । यसैगरी सुर्खेतमा परीक्षण गरिएका ३ जना सल्यानका र १ जना दैलेखका रहेका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मी नारायाण तिवारीले जानकारी दिनुभयो ।
यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले हाल सम्म परीक्षण गरिएका १०७ जनाको रिपोर्ट पोजेटिभ आएको जानकारी गरेको छ ।
कोरोना संक्रमणको विज्ञेप्ति र प्रतिवेदन तस्बिर मन्त्रालय र कर्णाली प्रतिष्ठान :