OnlinePana

आज : २०८३ बैशाख ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष २०, २०८२
२४९ पटक

२० पुस २०८२, आईतबार

सुर्खेतः आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा कर्णाली प्रदेशबाट दश लाख ३७ हजार मतदाताले भाग लिने भएका छन् ।

कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईएका अनुसार फागुन २० गतेसम्म १८ वर्ष पुरा हुनेसहितलाई जोडेर यहाँको कुल मतदाता संख्या दश लाख ३७ हजार दुई सय ५० पुगेको हो । जसमा सबैभन्दा बढी मतदाता संख्या सुर्खेतमा दुई लाख ४८ हजार नौ सय ४३ छ भने सबैभन्दा कम डोल्पामा २४ हजार एक सय १५ मतदाता संख्या रहेको छ ।

त्यसैगरी, सल्यानमा एक लाख ६२ हजार चार सय ४९, दैलेखमा एक लाख ६१ हजार दुई सय चार, जाजरकोटमा एक लाख सात हजार ९१, रुकुमपश्चिममा एक लाख छ हजार छ सय ६०, कालीकोटमा ८४ हजार छ सय ४६, जुम्लामा ७१ हजार सात सय ३९, मुगुको ३६ हजार ३१ र हुम्लाको ३४ हजार तीन सय ७२ मतदाता संख्या रहेको छ ।

त्यस्तै, १० जिल्लाक लागि नौ सय ४१ मतदानस्थल र एक हजार एक ३७ मतदान केन्द्र रहेको सूचना अधिकारी चौलागाईंले जानकारी दिनुभयो । सुर्खेतमा एक सय ४०, दैलेखमा एक सय ३९, सल्यानमा एक सय १७, कालीकोटमा एक सय तीन, जाजरकोटमा ८८, जुम्लामा ८३, रुकुमपश्चिममा ७६, डोल्पामा ६८, मुगुमा ६७ र हुम्लामा ६० मतदान केन्द्र रहेको उहाँले बताउनुभयो ।

त्यसैगरी, मतदान केन्द्र सल्यानमा तीन सय दुई, दैलेखमा दुई सय आठ, सल्यानमा दुई सय पाँच, जाजरकोटमा एक सय ४६, रुकुमपश्चिममा एक सय ४०, कालीकोटमा एक सय २७, जुम्लामा एक सय आठ, मुगुमा ६९ डोल्पामा ६८ र हुम्लामा ६४ रहेका छन् ।

सूचना अधिकारी चौलागाईका अनुसार विसं.२०७९ को प्रतिनिधिसभा निर्वाचनमा नौ लाख आठ हजार चार सय ३३ मतदाता रहेकोमा २०८२ मा एक लाख २८ हजार आठ सय १७ मतदाता थपिएर दश लाख ३७ हजार दुई सय ५० पुगेका छन् । जसमा पुरुष पाँच लाख २७ हजार आठ सय ८६ र महिला पाँच लाख नौ हजार तीन सय ६१ मतदाता रहेको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्