OnlinePana

आज : २०८३ बैशाख १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ १७, २०७७
१७१६ पटक

१७ जेठ २०७७, शनिबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा स्वाब परीक्षण गरिएका मध्य कालिकोटमा १७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

प्रतिष्ठानको प्रयोगशाला विभागले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कालिकोट शुभकालिका गाउँपालिकाका १२ जना र महावै गाउँपालिकाका ५ जना रहेका छन् । यसैगरी बाजुरा जुजनाथ पाँचका १ जनामा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ ।
यसैगरी यस अघि देलेखको दुल्लुमा क्वारेन्टाईनमा बसेर मृत्यू भएका ३५ बर्षिय पुरुषको रिपोट समेत पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।

साविक कर्णालीको कालीकोटमा १७ जना र बाजुराको एक जनामा कोरोना संक्रमण पोजेटिभ पुष्टि भएसँगै अब कर्णालीमा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ७८ पुगेको छ ।

प्रतिकृया दिनुहोस्