OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १५, २०७७सुर्खेत
६२९ पटक

१५ जेठ २०७७, बिहीबार

कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता र समतामूलक समाज निर्माणको कामना गर्नुभएको छ ।

‘१३औं गणतन्त्र दिवस’ को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख कलौनीले ऐतिहासिक संविधानसभाको पहिलो बैठकले विसं. २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको दिनबाट उपलब्ध प्राकृतिक श्रोत र साधनको अधिकतम उपयोग गरी दिगो विकासका लक्ष्यहरू हासिल गर्न थप उर्जा पैदा गरेको बताउनुभएको छ ।

जारी सन्देशमा उहाँले भन्नुभएको छ, “लामो सङ्क्रमणकालपश्चात् मुलुकमा राजनीतिक स्थिरता र दिगो शान्ति स्थापना भएको वर्तमान परिवेशमा राष्ट्रिय अखण्डताका साथै राष्ट्रिय स्वाभिमानको भावना जागृत गर्दै समाजमा रहेका सबै प्रकारका विभेदहरूको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न प्रेरणा दिनेछ भन्ने विश्वास लिएको छु ।”

उहाँले यस गणतन्त्र स्थापनालगायत विभिन्न ऐतिहासिक कालखण्डका संघर्षमा आफ्नो अमूल्य जीवनको आहुति दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरू प्रति श्रद्धासुमन अर्पण गर्दै कर्णालीवासी एवम् समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

त्यसैगरी, यस कर्णाली प्रदेशमा पनि विश्वव्यापी महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९)को जोखिम बढ्दै गएको वर्तमान परिपेक्ष्यमा यसको सङ्क्रमणबाट आफू जोगिन र अरूलाई जोगाउन विश्व स्वास्थ्य सङ्गठन र सरकारद्वारा आधिकारिकरुपले जारी निर्देशन र आचारसंहिताको पूर्ण पालना गर्न आह्वान गर्दै यसको सङ्क्रमणबाट देहान्त भएकाहरू प्रति श्रद्धाञ्जली अर्पण तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु र सङ्क्रमितहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्