OnlinePana

आज : २०८२ बैशाख २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ १४, २०७७
५१५ पटक

१४ जेठ २०७७, बुधबार

कर्णाली प्रदेशमा आज थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुर्खेत प्रयोगशालामा बुधबार गरिएको परीक्षणबाट १५ जनामा आरटी पिसिआर पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो

कोरोना संक्रमित पुष्टि भएका नयाँ संक्रमितमध्ये सुर्खेत वीरेन्द्रनगर नगरपालिका सात पुरुष र तीन महिला रहेका छन् भने चौकुने गाउँपालिकाका दुईजना महिला र एकजना पुरुष रहेका छन् ।

५५ वर्षीय अर्का एकजना पुरुष भने बझाङका रहेको खुलेको छ । त्यस्तै, बोल्न नसक्ने भएकोले अर्की एक महिला पहिचान हुन नसकेको महाशाखाका प्रमुख डा. तिवारीले बताउनुभयो । १५ जना नयाँ थपिएसँगै कर्णालीमा अब कोरोना संक्रमितको सङ्ख्या ३८ पुगेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्