OnlinePana

आज : २०८१ भाद्र २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ८, २०८१जुम्ला,
१५४ पटक

नेत्र शाही÷जुम्ला,
असार ७ गते । जुम्लामा दुईदिने औधोगिक प्रदर्शनी शुरु गरिएको छ । जिल्ला स्थित स्थापित उद्योगबाट उत्पादन हुने विभिन्न बस्तुहरुको प्रर्दशनी प्रतियोगिता गरिएको हो । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको आयोजनामा दुई दिने स्थानीय उद्योगबाट उत्पादित बस्तुहरुको प्रदर्शन शुरु भएको छ ।
कार्यालय प्रमुख विनोद बानियाका अनुसार जुम्लाको स्थानीय कच्चा पदार्थबाट बनेका बस्तुको प्रदर्शनी प्रतियोगिता गरिएको छ । जिल्ला खेलकुद विकास समितिको कवडहलमा शुरु भएको प्रर्दशनीमा स्थानीय भेडा तथा उनबाट बनेका टोपी, झोला सिहत विभिन्न उत्पादनहरु, स्याउका परिकार, ओखर, रैथाने मह, अर्गानिक कृषि मार्सीचामल, चिनो, कागुनो, कोदोको पिठोबाट बनेका परिकार, मार्सीधानको खिर, भेडाका उनबाट बनेका राडिपाखी सहितका स्थानीय स्तरका बस्तुहरु प्रर्दशन गरिएका छन् ।
औगोगिक प्रदर्शनका अवसरमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले स्थानीय उत्पादन गुणस्तर उत्पादन गर्नुपर्ने धारणा राख्नुपर्ने बताउनुभयो । उहाँले यस्ता प्रकारका प्रदर्शनीले उद्योगीलाई प्रोत्साहन मिल्ने बताउदै गुणस्तरतामा ध्यान दिएमा जुम्लाका उत्पादन विश्व बजारमा समेत बिक्री हुनेमा जोड दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले अर्गानिक खानाले स्वस्थ्थ जीवनमा ठूलो योगदान पुरयाउने भएकाले त्यो सम्भावना जुम्लामा रहेको बताउनुभयो । उहाँले त्यति मात्रै नभएर जुम्लाको उद्योग प्रदर्शनीमा आएका बस्तुहरु धेरै राम्रा भएकोमा जोड दिनुभयो । सफल उद्योगी नारायण चौलागाईले आफ्नो अनुभव बताउदै मिहिनेतच गरे लघु उद्योगले जीवन परिवर्तन हुने बताउनुभयो ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख विनोद कुमार वानियाहरुले उद्योगीहरुलाई थप प्रोत्साहन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको बताउदै उद्योगीले गरेको मिहिनेत अनुसार काम गर्न सकिनेमा जोड दिनुभयो । उहाँका अनुसार १८ जना उद्योगीले प्रर्दशनी प्रतियोगितामा भाग लिएका छन् । औधोगिक प्रदर्शनी प्रतियोगितामा असार ७ गते भएको छ ।

प्रतिकृया दिनुहोस्