OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी ,जेठ ४, २०८१जुम्ला,
२०२ पटक

जेठ ४ गते । विपत व्यवस्थापन निति र योजना बिषयमा सुझाव संकलन कार्यशाला सम्पन्न भएको छ । कार्यशालामालामा जुम्लामा विपत व्यवस्थापनको निति, कार्यक्रम समेटिनुपर्नेमा सुझाव संकलन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यका अनुसार जिल्लामा नदिदोहन रोक्ने नितिलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अघिपछि डोजर लगाउने र त्यही स्थानमा योजना माग्ने चलन भएकाले त्यसलाई रोक्नुपर्नेमा जोड दिनुभयो ।

किर्डाक नेपालको आयोजना तथा वल्र्डभिजन ईन्टरनेश्नलको सहयोगमा आयोजना गरिएको अन्तरक्रियामा चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले नगरपालिकाले विपतको क्षेत्रमा सवैभन्दा बढि बजेट विनियोजन गर्दै आईरहेको बताउदै कुनै विपत आएमा अन्य योजना काटेर पनि विपतमा जोड दिईने बताउनुभयो । उहाँका अनुसार जुम्लामा २०७९ सालको विपतमा महिनौ लाग्ने गरि सड्क बन्द भएपनि १५ दिनमा बाटो खोल्न प्रयास गरिएको बताउदै त्यसवेलाका भत्केका घर निर्माण नभएको बिषयमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । उपमेयर रामदेवी खड्काले जुगाँडखोला जोगाउँने निति कार्यक्रममा जोड दिनुपर्ने बताउदै करिडोर निर्माणमा तिब्रता दिने प्रतिवद्धता जनाउनुभयो ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले विपतको भावी योजनाका लागि गरिएको कार्यक्रम महत्वपूर्ण भएको बताउदै एकिकृत रुपमा सवै मिलेर विपतको सामना गर्न आजको आवश्यकता रहेकोमा जोड दिनुभयो । उहाँले अग्रिम सुचना प्रणाली महत्वपूर्ण भएको बताउदै यसमा जोड दिईनुपर्ने तथा अन्य आईलाग्न सक्ने विपतका बिषयमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । चन्दननाथ नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भीमबहादुर रावतले सिँचाई कुला, खानेपानीका मुहान सुक्दै जाने समस्या भएकाले सो अनुकुलका योजना, जथाभावी गिट्टी र वालुवा उत्खनन रोक्ने नितिमा जोड दिनुपर्ने बताउनुभयो । चन्दननाथ नगरपालिका वडा नम्बर २ का अध्यक्ष हेम बुढ्थापाले जिल्लाको विपत व्यवस्थापन वैंक आव्श्यकता रहेको सुझाव दिनुभयो ।

चन्दननाथ नगरपालिकाका विपत शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपानेले नगरपालिकाले गरिरहेका कामका बिषयमा जानकारी दिनुभयो । उहाँले यो कार्यकालमा प्रति बर्ष रु ६० लाखको बजेट विपत शाखामा विनियोजन गरिएको बताउदै कोषमा न्यूनतम १० लाख राख्ने गरिएकोमा जोड दिनुभयो । उहाँले नगरले विपत ऐन, जलवायू अनुकुलन ऐन निर्माण गरि काम भईरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटिका ईश्वरा सुवेदीले नेपाल सरकारको सवै संरचनामा विपत समितिको संरचना बिषयमा जानकारी गराउदै विपतमा सवैको सहकार्य आवश्यकता रहेकोमा जोड दिनुभयो । उहाँले जुम्ला जिल्लामा विपतबाट आउने समस्यामा रोकथामका लागि पूर्व तयारी महत्वपूर्ण भएकाले सो कुरामा जोड दिनुभयो ।

कार्यक्रममा गैर सरकारी सस्था महासंघ जुम्लाका अध्यक्ष टेकबहादुर रावतले सुचना एप्स निर्माण तथा वातावरणीय असरको प्रभाव रोक्ने विषयमा जोड दिनुपर्ने सुझाव दिनुभयो । नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले जिल्लाको विपतको अवस्थाको तथ्यांक संकलन गरिनुपर्ने, अग्रिम सुचना प्रणालीमा जोड दिनुपर्ने र सुचना प्रचार र प्रसारमा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा किर्डाक नेपालका एकिकृत पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजनाका संयोजक श्रीबहादुर भण्डारीले स्थानीय सरकारले निति कार्यक्रम ल्याउने तयारी गर्दै गर्दा सुझाव संकलन गरेर आवश्यक योजना बनाईने उद्देश्यले कार्यक्रम गरिएको जानकारी दिनुभयो । उहाँले कार्यक्रममा आएर महत्वपूर्ण सुझाव दिनु भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रमको सहजीकरण किर्डाका कर्मचारी सरु महतले गर्नभएको थियो ।

 

 

प्रतिकृया दिनुहोस्