OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,चैत्र ११, २०८०जुम्ला,
१२९ पटक

चैत ११ गते । जुम्लामा महिला स्वास्थ्य स्वंसेविका र स्वास्थ्यकर्मीले विश्व क्षयरोग दिवस मनाएका छन् ।
दुई हप्ते खोकी क्षयरोग हो की, हो हामी क्षयरोग अन्त्य गछौ भन्ने नारा सहित जुम्लामा विश्व क्षयरोग दिवस मनाईएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय जुम्ला र चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जुम्लाको आयोजनामा ¥याली सहित जुम्ला सदरमुकाम परिक्रर्मा गरि मनाईएको छ ।

कोणसभामा क्षयरोगको  रोक्न सबै नागरिकमा सचेतना जगाउनु आवश्यक रहेको चन्दननाथ नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख पृथ्वी नाथ योगीले बताउनुभयो । उहाँले नागरिकहरुको लापरवाहीका कारण क्षयरोग समस्याको रुपमा देखा पर्दै गएको भन्दै चिन्ता समेत व्यक्त गर्दैे, ‘यो दिवस मार्फत दुरदराजका नागरिकहरु समक्ष सचेतनाका कार्यक्रमहरु पु¥याउन सके क्षयरोग नियन्त्रण गर्न सकिने बताउनुभयो । उहाँका अनुसार सचेतनाको कमीका कारण अझै पनि धेरै नागरिकहरुले समस्या दवाएर राख्ने गरेको छन ।

चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले आम नागरिकमा सचेतना जगाउन र समाजमा कोही कतै क्षयरोगका लक्षण देखिएका विरामी फेला परेमा उजागर गर्न पत्रकारहरुलाई आग्रह गर्दै सन २०५० मा क्षयरोग अन्त्य गर्ने लक्ष्य रहेको छ । महतले क्षयरोगको औषधि निःशूल्क पाईने गरेको जानकारी दिनुभयो ।

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले क्षयरोगका बिरामीले औषधि नियमित नखाइदिंदा रोगको रोकथाममा चुनौती थपिने देखिन्छ । उनले भने‘ क्षयरोगका बिरामीहरूले लामो अवधिसम्म उपचार गर्न आई दैनिक औषधि सेवन गर्नुपर्ने हुन्छ । तर यसलाई झन्झट मानेर धेरै बिरामी नियमित रूपमा औषधि सेवन गर्दैनन् ।

अर्कातिर, सिकिस्त बिरामी नपरी स्वास्थ्य परीक्षण नगराउने र रोग लुकाएर राख्ने जस्ता कारणले क्षयरोगीको संख्या घट्न सकेको देखिन्छ ।’ उहाँका अनुसार सबै नागरिकमा क्षयरोगका बारेमा सचेतना फैलाउने पत्रकारहरुको पनि ठूलो भूमिका रहने बताउनुभयो ।
यस अघि जनस्वास्थ्य कार्यालय जुम्लाले पत्रकार र सरोकारवालाग क्षयरोग के हो ? यसबाट बच्न के गर्नुपर्छ ? यसका लक्षणहरु, उपचार विधि, जुम्लाको क्षयरोगको अवस्था लगायतका विषयमा जानकारी गराएका थियो ।

स्वास्थ्य कर्मीका अनुसार क्षयरोग श्वासप्रश्वासको माध्यमबाट सर्ने, माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस नामको सुक्ष्म कीटाणुबाट हुने सरुवा रोग हो । जसको समयमा परीक्षण गराएर औषधि नियमित खानु पर्छ । क्षयरोगको जोखिम समूहमा जेष्ठ नागरिक, बालबालिका, स्वास्थ्यकर्मी, एचआईभी संक्रमित, मधुमेह भएका व्यक्ति, गर्भवती महिला, कैदी तथा बन्दी, अंग प्रत्यारोपण गरेका व्यक्तिहरु रहेने गरेको पाइन्छ । कार्यक्रममा पत्रकार,स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरु र महिला स्वास्थ्य स्वयम सेविकाहरुको सहभागीता रहेको थियो ।

प्रतिकृया दिनुहोस्