OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन २८, २०८०जुम्ला,
९५ पटक

 

उद्योग बाणिज्य संघ जुम्लाको १८ औ साधारणसभा सम्पन्न भएको छ । सोमवार जिल्लामा सञ्चालित साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा सवैभन्दा बढि व्यवसाय कर तिर्ने ५ जना व्यापारीलाई सम्मान समेत गरिएको छ ।

सम्मान हुनेमा सुरज ट्रेडर्सका मिनप्रसाद पौडेल, विपिन ट्रेडर्सका डम्बर कुमारी खड्का, सागर हार्डवयेरका बलिराज शाही, द हिमालयन कन्ट्रक्सनका चन्द्रमा उपाध्याय र लुम्विनि ट्रेडर्सका कमला पोखरेल रहेका छन् ।

साधारणसभामा उद्योग बाणिज्य संघले आर्थिक बर्ष २०७९।०८० को आर्थिक प्रतिवेदन प्रस्तुत गरेको छ । कोषाध्यक्ष देवेन्द्रराज आचार्यले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा आ.व. २०७९।०८० अषाढ मसान्त सम्मको सन्तुलन परीक्षणमा आम्दानी तर्फ रु एक करोड १२ लाख ४४ हजार सात सय ५७ रुपैया र खर्च पनि सोही रकम भएको छ ।

आम्दानी तर्फ पुजीगत तर्फ ७४ लाख तिन हजार आठ सय १५ रुपैया, मेला आम्दानी रु २५ लाख चार हजार दुईसय २२, व्यवसायिक शुल्क आम्दानी चार लाख ५५ हजार नौसय रुपैया, सटर भाडाा ७७ हजार, सेवा शुल्क आम्दानी ४० हजार तिनसय ५० रुपैया, क्यालेण्डर आम्दानी ३८ हजार पाँच सय, व्याज आम्दानी ८२ हजार एक सय ८५ रुपैया लगायतको रहेको छ ।

मेला सञ्चालन खर्च २१ लख ८१ ह्जार ८ सय ५६, कर्मचारी खर्च पाँच लाख ७८ हजार, सभाहल तथा कार्यालय डेकुरेशन एक लाख ४ हजार, चन्दननाथ भैरवनाथ भाडा दुई लाख ३९ हजार दुईसय २० रुपैया, खानेपानी विधुत टेलिफोन ४७ हजार ८ सय ८५ रुपैया रहेका छन् । यसैगरी नविकरण ४६ हजार ६ सय तिस रुपैया, पत्रत्रिका सूचना ४० हजार खर्च भएका छन् ।

साधारणसभाको उद्घाटन कार्यक्रममा बाणिज्य संघले पछिल्लो समयमा उद्योगी व्यवसायी क्षेत्रमा उठेका सवाल र चुनौतिका बिषयमा पैरवि गरेर अगाडि बढ्नुपर्ने जोड दिईएको छ । अध्यक्ष पुरिचन्द्र देवकोटाले उद्योग व्यवसाय क्षेत्रमा देखिरहेका चुनौति सामना गर्न सवैको सहयोग आवश्यक भएको बताउनुभयो ।
साधारणसभाको अवसरमा जिल्ला समन्वय समितिका संयोजक गौरीनन्द आचार्यले उद्योग बाणिज्य संघले जिल्लामा विभिन्न प्रकारका कामहरु गरिरहेको बताउदै यस भित्रका समस्याको सामाधान गर्न सवै जुट्नुपर्नेमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले अर्थतन्त्रको ईन्जिनको रुपमा रहेको उद्योग बाणिज्य संघले जुम्लाको सम्भावना र आर्थिक समृद्धिका योजना बनाएर अगाडि बढ्नुपर्ने शुभकामना दिनुभयो ।

नेपाली कांग्रेसका नेता दुर्गा प्रसाद पाण्डेले उद्योेग बाणिज्य संघले गुणस्तरीय सेवा र उत्पादनमा बिषयमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले बजारमा हामीले बिषाधी खाईरहेकाले रोक्नुपर्ने बताउनुभयो । नेमकिपाका यज्ञबहादुर बुढ्थापाले भारतले आफ्नो उत्पादन पठाउने र हाम्रोलाई रोक्ने प्रविधिले जनता मारमा परेका जोड दिनुभयो । कार्यक्रममा नागरिक समाजका अध्यक्ष राजबहादुर महत, पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले शुभकामना राख्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्