OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,फागुन २८, २०८०जुम्ला,
१०९ पटक

फागुन २८ गते । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द्ध ( विप्लव सी) ले नेपाललाई अमेरिकी साम्राज्यवादले युक्रेन बनाउन खोजे त्यसको प्रतिवाद गरिने चेतावनी दिनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी कालिकोट र जुम्ला जिल्लाले सोमवार सीमावजार नाग्म बजारमा आयोजना गरेको जनसभालाई सम्वोधन गर्दै नेकपाका महासचिव विप्लवले विदेशी हस्तक्षेप कुनै पनि हालतमा स्वीकार नगर्ने र प्रतिवाद गर्ने चेतावनी दिनु भएको हो । उहाँले अमेरिका नेपालमा एमसिसि मार्फत सैन्य अखडा गर्न चाहने आरोप अगाउनुभयो । यदि त्यसो भएमा प्रतिवाद गरिने समेत बताउनुभयो ।

महासविच विप्लवले अव नेपालमा नेपाली विशेषताको समाजवाद अहिलेको संकटको उचित निकास हुने बताउदै ‘नेपालमा पछाडि फर्किएर होईन, अग्रमामी निकास खोज्नु पर्छ, त्यसका लागि समाजवाद भन्दा अर्को विकल्प छैन ।’

महासचिव विप्लवले नेपालको राजनीतिक सिँहदवार वरिपरि गोलचक्करमा घुमिरहेको बताउदै अब जनतातिर फर्किएको राजनीतिक व्यवस्था समाजवाद आवश्यक भएको बताउनुभयो । उहाँका अनुसार स्याउ रोप्नु देश र जनताको आत्मनिर्भर अर्थतन्त्रको जग भएकाले उत्पादन पनि अर्को जनयुद्ध भएको टिप्पणी गर्नु भएको छ । जनयुद्ध भनेको परिवर्तनको युद्ध हो आर्थिक जीवनमा जनतालाई परिवर्तन गर्न हामी उत्पादको योजनामा छौ, यो पनि जनयुद्ध नै हो । हामिले लडेको सामन्तवाद सँग भएकाले, एकचोटी जनताको माया गर्ने, मुलुकलाई माया गर्ने शक्तिलाई सहयोग गर्न जनतालाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा नेकपाका पोलिट व्यूरो सदस्य आदर्शले विप्लवलाई एकपटक टेस्ट गर्न जनतालाई आग्रह गरे । कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य भरतबहादुर वम लगायतका केन्द्रीय नेताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रभात जनसांस्कृति परिवार तथा स्थानीय जनकलाकारहरुले सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । महासचिव बिप्लव जुम्लामा स्याउ रोप्न फागुन २४,२५ र २६ गते जुम्लाको हिमा गाउँपालिका धाचुगाउँ, महावैपाथरखोलाको लेखमा र २७ कालिकोटको तिलागुफाको फोई महादेवमा पुगेका थिए । स्याउ रोपेर २८ गते नाग्ममा जनसभामा त्यहाँ एक हजार स्याउ रोपेर सामुहिक स्याउ खेति गरिएको र १० हजार बढि विरुवा त्यस लक्ष्य रहेको बताउदै उनले तराईमा अहिले विगौमा तोरी समेत रोपिएको जानकारी दिए ।

विप्लव भन्नुभयो, समाजवादी मोर्चा बनाईएको छ, हामी संसदीय व्यवस्थामा छैनौ फागुन ३ गते काठमाडौंमा छलफल गरेका र व्यवस्थाका विषयमा छलफल हुने बताउनुभयो । त्यो छलफलमा एमाले पनि सहभागि हुने विश्वास रहेको छ ।

 

 

प्रतिकृया दिनुहोस्