OnlinePana

आज : २०८१ बैशाख २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,कार्तिक २२, २०८०जुम्ला,
४९८ पटक

कात्तिक २२ गते । जुम्लाको हिमा गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि स्थानीयले तिन हजार नौसय बर्गमिटर जग्गा निशुल्क प्रदान गरेका छन् । गाउँपालिकाको पहलमा सो जग्गा उपलब्ध गराईएको छ ।

गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार हिमा गाउँपालिका ५ निवासी स्थानीय दानबहादुर शाहीले तिनहजार एक सय र दलविर शाहीले आठ सय बर्गमिटर जग्गा गाउँपालिकालाई निशुल्क प्रदान गर्नु भएकोछ ।

उहाँका अनुसार  बाँजागाडामा जग्गा टुंगो लागे सँगै गाउँपालिकाको स्थायी केन्द्र पनि बाजागाडामां सुनिश्चित भएको छ । गाउँपालिका अध्यक्ष शाहीको अध्यक्षतामा २०७९ साल असार १० गते बसेको गाउँसभाले हिमा गाउँपालिकाको केन्द्र वडा नम्बर ५ बाजागाडामा तोकेको थियो । तर जग्गा प्रदान गर्न समय लागेपछि हाल सम्म अन्यौल थियो ।

गाउँपालिका स्थायी केन्द्र सुनिश्चित :

गाउँपालिकाको जग्गा प्रदान गाउँपालिकाको नाममा दर्ता भएपछि आधिकारिक रुपमा गाउँपालिकाको स्थायी केन्द्र बाजागाडा सुनिश्चत हुनुका साथै भौतिक संरचना बनाउने बाटो खुलेको छ ।

जग्गा प्रदान नहुदा गाउँपालिकाको स्थायी केन्द्र टुंगो नलागेपछि हाल सम्म भाडाको भरमा गाउँपालिका कार्यालय र अन्य कार्यालयहरु सोही गाउँपालिकाको जुगाडमा अस्थायी रुपमा संचालन गरिएको थियो । अव जग्गा प्रदान गरेपछि गाउँपालिकाको प्रशासनिक भवन यसै बर्षमा निर्माण गर्ने गरि अगाडि बढाईने गाउँपालिका अध्यक्ष शाहीले जानकारी दिनुभयो । उहाँले आफ्नै भौतिक संरचना नहुदा काम गर्न असहज भईरहेको समयमा अव जग्गा टुंगो लागेपछि केन्द्र र प्रदेश सरकारले पनि बजेट प्रथामिकता दिने आशा व्यक्त गर्नुभयो ।

 

प्रतिकृया दिनुहोस्