OnlinePana

आज : २०८१ बैशाख २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,कार्तिक ४, २०८०जुम्ला,
१७८ पटक

कात्तिक ४ गते, फुलपातिको दिनको अवसर पारेर मनाईदै आएको घोडादौड प्रतियोगिता पटक पनि सम्पन्न गरिएको छ ।
कर्णाली कला तथा सास्कृतिक संरक्षण मञ्च जुम्लाको आयोजना तथा चन्दननाथ नगरपालिका र पशुसेवा तथा पशुअस्पताल जुम्लाको प्रायोजनमा घोडादौड प्रतियोगिता सम्पन्न गरिएको छ ।

खस सस्कृतिको परम्परा अनुसार दशैको अवसर पारेर हरेक बर्ष फुलपातिको दिन दौडाउदै आएको घोडा दौड यस पटक पनि सम्पन्न गरिएको छ । जम्मा २७ वटा घोडा प्रतियोगिताका लागि दर्ता भएका आयोजकले जनाएको छ । कर्णाली कला तथा सास्कृतिक संरक्षण मञ्चका अध्यक्ष आनन्द अधिकारीका अनुसार प्रतियोगितामा गुठिचौर गाउँपालिका १ निवासी विकास ऐडिको सेतो घोडा प्रथम, गुठिचौर गाउँपालिका १ कै मानबहादुर ऐडि द्धितीय र तृतीय गुठिचौर १ र्कै टेकबहोराको घोडा भएको छ । प्रतियोगितमा प्रथमलाई रु पाँच हजार, द्धितीयलाई रु तीन हजार र तृतीयलाई रु दुई हजार रुपैया पुरस्कार प्रदान गरिएको आयोजनकले जनाएको छ ।

यसैगरी घोडा दौड प्रतियोगितामा भने लामो समय पछि महिलाको सहभागिता भएको छ । तातोपानी गाउँपालिका वडा नम्बर ३ लिताकोटकी श्रृष्टि कार्कीले यस पटक राजासिममा आयोजना गरेको घोडा दौड प्रतियोगितामा भाग लिनु भएको छ । १४ बर्षिय श्रृष्टि कार्कीले आफु एक बर्ष देखी घोडा चढ्दै आएकाले प्रतियोगितमा भाग लिन पाएकोमा खुशी व्यक्त गर्नुभयो । श्रृष्टिलाई सान्तोना स्वरुप रु एक हजार पाँच सय पुरस्कार उपलब्ध गराईएको छ ।

वि.सं २०५८ सालमा जुम्ला विमानस्थल कालोपत्र हुनुपुर्व विमानस्थलमा घोडादौड प्रतियोगिता हुदै आएको थियो । सो समयमा तातोपानीकै राधिका रावतले घोडा दौड प्रतियोगितामा भाग लिदा मानिसहरु अच्चमित भएका थिए । रावत भन्नु हुन्छ, आफुलाई घोडा चढ्दा सवै समाज चकित भएको थियो ।

जिल्ला समन्य समितिका प्रमुख गौरीनन्द आचार्यका अनुसार विमानस्थलमा पहिले जिल्ला पञ्चायत र वहुदल पछि जिल्ला प्रशासन कार्यालयको आयोजनामा घोडा दौड प्रतियोगिता हुने जानकारी दिनुभयो । त्यो वेला बाजागाजा सहित फुलपाति ल्याउने र विमानस्थलको पूर्वतिर रहेको देवतिको मन्दिरमा पुजा गरिनथ्यो ।

घोडा दौड प्रतियोगिता दशैको खुशीयालीको अवसरमा मनाईदै आउने सस्कृति भएको जानकार बताउछन् । सिंजा कनकासुन्दरी गाउँपालिका ३ लुडकु निवासी तुंगनाथ उपाध्यायका अनुसार दशैको हर्ष बढाईको अवसरमा फुलपाति भित्र्याउने, घोडा दौडाउने प्रचलन जुम्लामा पनि छ । उहाँका अनुसार तत्कालिन समयमा खस साम्राज्यको राजधानी सिंजा लासीपाटनमा घोडाको मेला लाग्ने गर्दथ्यो । त्यस सँगै जुम्ला विमानस्थलमा घोडा दौड प्रतियोगिता शुरु गरिएको र हाल विमानस्थल कालोपत्रे भएपछि राजा सिममा घोडा दौडाउन शुरु गरिएकोछ ।

क्याप्सन : घोडा दौड प्रतियोगिता तस्विर नेत्र शाही जुम्ला ।

प्रतिकृया दिनुहोस्