OnlinePana

आज : २०८१ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,भाद्र २१, २०८०जुम्ला ,
१४३ पटक

भाद्र २१ गते जुम्ला । जुम्लामा संचालन भएको कर्णालीको लामो जात्रा सम्पन्न भएको छ ।
मंगलवार जुम्ला सदरमुकाममा तामझाम र वाक्लो उपस्थितिमा माझे लाखे काटेर रथ यात्रा गरेपछि जात्रा विधिवत रुपमा सम्पन्न भएको छ ।
दिन वि.सं. १९५३ साल देखि शुरु गरिएको नेवार संस्कृतिको जात्रा सम्पन्न भएको जात्रा व्यवस्थापन समितिका महासचिव आनन्द अधिकारीले जानकारी दिनुभयो । प्रतिपदाको दिन शुरु हुने जात्रा नवमीको दिन लाखे काटेर सम्पन्न हुजे उहाँको भनाई छ ।

जुम्लामा गाँठे मंगल (घण्टाकर्ण) देखि लाखे नचाउँने र देउडा समे जात्रामा खेल्ने चलन रहेको छ । यो संस्कृति विशेष गरी मल्लकालिन सभ्यता बाट शुरुवात हुँदै आएको ईतिहास छ । त्यस सभ्याताले जन्माएको संस्कृति मुलुकका थुप्रै जिल्लामा वर्षेनी धुमधामसँग मनाउने गरिन्छ ।

जुम्ला सदरमुकाम खलंगामा जात्रा वर्षेनी धुमधामका साथ मनाईने गरिएको छ । जात्राका जानकार चित्रलाल श्रेष्ठका अनुसार वर्षै पिच्छे मनाउँदै आएको जात्राले वर्षभरि काम गरेका कर्णाली लगायत हिमाली जिल्लाका सर्वसाधारणहरुको थकान मेटाई तथा मनोरञ्जन दिनुको साथै संस्कृतिको पनि संरक्षण गरेको छ । जात्राका लागी जुम्लाका ग्रामिण वस्तिवाट मानिसहरु सदरमुकाममा बाक्लो रुपमा भित्रिएका थिए ।

जुम्लाको यस जात्रामा जिल्ला प्रशासन, नेपाली सेना र नेपाल प्रहरीले पनि आफ्नो संलग्नताका साथ संस्कृतिलाई पनि संरक्षण गर्दै आएको छ । जात्रामा नेपाली सेना तथा नेपाल प्रहरीले आशा गुर्जा, बालगोपाल लाई भित्र्याएकोमा श्रीकृष्ण सलामी दिने र लाखेकाटेपछि सेनाको लस्कर सहित सलामी अर्पण सहित लामो रथयात्रा गरि सकेपछि सम्पन्न गरिने चलन रहेको छ । जानकार बिष्णुप्रसाद उपाध्यायका अनुसार अन्तिम दिन वडिमालिकाबाट ल्याईएको सामग्रीको सरकारी रथ र नागरिकले वनाएको रथ सँगै मिसाएर चन्दननाथ मन्दिरमा सामग्री चढाउने, लाखे काट्ने र सलामी दिने प्रचलन रहेको छ र

यस पटकको जात्रा पनि कृष्ण अष्टमीको दिन रातको १२ वजे कृष्ण जन्मिने र यसपछि देउडाखेल खेलेर रमाईलो गर्ने चलन रहेको छ । करिब एक साता लामो जात्रा हेर्न जुम्लामा डोल्पा, मुगु, दैलेख, कालिकोट, जाजरकोट सुर्खेत र रुकुम जिल्ला समेतका मानिसहरु आउने भएपछि अहिले जुम्ला सदरमुकाम खलङ्गा खचाखच भरिएको छ । लाखे काटेपछि बेलुका ५ बजे असत्य माथि सत्यको विजय गराउन भान्ज कृष्णले मामा कंस(लाख)े को समाप्त गर्ने तत्पश्चात् सदरमुकाम विजय र्याली मनाउने मनाइने चलन अनुसार लाखेकाटी ¥याली निकालेपछि औपचारीक रुपमा जात्रा सकिएको जानकारहरुको भनाई छ । जुम्ला बजारमा जात्राको अन्तिम दिन हजारौ मानिसहरु जात्रा हेर्न आउने प्रचलन रहेको छ ।

क्याप्सन ः जुम्लामा सदरमुकाममा मानईएको जात्रा अन्तिम दिन तस्बिर ः नेत्र शाही जुम्ला ।

प्रतिकृया दिनुहोस्