नेत्र शाही ,साउन ३२, २०८०जुम्ला,

४२४ पटक

साउन ३२ गते । जुम्लाको कनकासुन्दरी गाउँपालिका ६ मा बालुवा उतार्न गएकी एक किशोरीलाई हिमा नदीले बगाउँदा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीका अनुसार मृत्यु हुनेमा कनकासुन्दरी ६ कि अन्दाजी १८÷१९ बर्षकी कात्तिके सार्कीकी छोरी मैना सार्र्की रहेकी छन् ।
उहाँका अनुसार मृतक किश्वरी हिमा नदीको छेउमा बालुवा उतारिरहेकी थिइन् । त्यहिबेला नदीका छालले वगाएर ४,५ सय मिटर तल अडकिएको अवस्थामा भेटिएकी र उनलाई उद्दार गरेर स्थानीय स्वास्थ्यचौकीमा उपचारका लागि लिईएको र निधन भएको थियो । प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालयबाट उक्त घटनाको मुचुल्काको लागि प्रहरी त्यस क्षेत्रतिर लागेको छ ।