OnlinePana

आज : २०८१ बैशाख २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २७, २०८०काठमाडौं
२८० पटक

२७ साउन २०८०, शनिबार

कर्णाली प्रदेश सरकारले कर्णालीका किसानको सम्पदा नामक ‘मूल्यवान’ लोगो संघीय सरकारलाई हस्तान्तरण गरेको छ । कर्णाली प्रदेश सरकारले उक्त लोगो साउन ११ गते सार्वजनिक गरेको थियो ।

नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा आयोजित एकदिने ‘कृषि तथा पशुपन्छी विकाससम्बन्धी समन्वयात्मक छलफल’मा शुक्रबार कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले मन्त्री डा.बेदुराम भुसाललाई हस्तान्तरण गर्नुभएको हो । लोगो ग्रहण गर्दै मन्त्री डा.भुसालले कर्णालीमा उत्पादित कृषि वस्तुमा आफ्नै लोगो टाँसेर बजारमा पठाउन सुरु गरेकोले संघ सरकारले यसको अन्तराष्ट्रिय बजारीकरण गर्न सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

“कर्णालीमा मूल्यवान कृषिजन्य वस्तुहरु उत्पादन हुन्छन् भन्ने सन्देश ‘मूल्यवान’ लोगोबाट विश्वभर प्रवाह गर्न संघ सरकार तयार छ,” उहाँले भन्नुभयो, “रैथाने, प्राङ्गारिक र मूल्यवान कृषि वस्तुहरु उत्पादनमा वृद्धि गर्न सकेमात्र ‘मूल्यवान’ लोगोको अर्थ रहन्छ ।” यसको प्रचारप्रसार विश्वभर गर्न सकिए नेपालकै नाम उँचो हुने र त्यसले नेपालको गौरव बढाउने मन्त्री डा.भुसालको भनाई थियो ।

लोगो हस्तारण गर्दै कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शर्माले लम्पी स्कीन रोग नियन्त्रणमा राहत तथा प्रयोगशाला सञ्चालनमा बजेटको व्यवस्था हुनुपर्ने, रासायनिक मलको प्रयोगमा रोकथाम गरिने बताउनुभयो । अर्गानिक उत्पादनको लागि प्राङ्गारिक मलको व्यवस्थापन र अनुदानमा विशेष कोटा निर्धारण गरी कर्णाली प्रदेश सरकारलाइ बजेटको व्यवस्था गर्नसहित उहाँले मन्त्रीको ध्यानाकर्षण गर्नुभयो ।

मन्त्री शर्माले समन्वय बैठकमा सहभागी अन्तर प्रदेशका कृषिमन्त्री तथा सचिवसहित पोखरा महानगरपालिका मेयर धनराज आचार्यलाई समेत कर्णालीका किसानको सम्पदा ‘मूल्यवान’ हस्तारण गर्नुभयो ।

प्रतिकृया दिनुहोस्