OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,आषाढ २०, २०८०जुम्ला,
२४२ पटक

आईएन एफ जुम्लाले कनकासुन्दरी गाउँपालिकामा गरेका कामको समिक्षा गरिएको छ । आईएनएफले गरेका कामहरुको समिक्षा गरिएको हो ।
कनकासुन्दरीमा संचालित तीन वटा परियोजनाहरु महिला सशक्तिकरण तथा जिविकोपार्जन, मानव बेचविखन र लैगिक हिंसा अन्त्यका लागि समुदायमा हाम्रो प्रयास र सिर्जना परियोजनाको कामको सामाजिक लेखा परीक्षण गरिएको छ ।
समुदायमा यिनै परियोजनाको न्यून लगानी भएपनि प्रतिशल राम्रो देखिको गाउँपालिका अध्यक्ष दामोदर आचार्यले बताउनुभयो । उहाँले कनकासुन्दरी गाउँपालिका २ बोतामालिकामा ५० हजारको घर आगन अगाडी धारामा जाने पिसिसी गरेको बाटो महिला समुहको अगुवाईमा निर्माण गरिएको सहित विभिन्न कार्यक्रम प्रभाकारी वन्दै गएका छन् ।

गाउँपालिकाले लगानी गर्दा समुदायले यही बाटो बनाउन पाँच लाख रकम माग गर्दछन् । तर गैरसरकारी संस्थाले ५० हजार लगानी गर्दा राम्रो प्रतिफल मिलेको पायौँ । यो एउटा प्रतिनिधिमुलक योजना हो । यस्ता राम्रा काम धेरै भएको परियोजनाको बार्षिक सामाजिक लेखापरिक्षण कार्यक्रममा अध्यक्ष आचार्यले थप्नुभयो ।

सामाजिक लेखा परीक्षणको क्रममा कनकासुन्दरी गाउँपालिकामा गरिएका कार्यक्रमहरुको बिषयमा जानकारी गरिएको छ, आईएनएफ नेपाल जुम्लाका सहायक क्षमता विकास अधिकृत सम्झना शाही र एक्टिभ परियोजना सुपरभाईजर दान महताराले कार्यप्रगितिको प्रस्तुतीकरण गर्नु भएको छ । आईएनएफले कनकासुनदरीमा महिला शशक्तिकरण तथा जिविकोपार्जन, मानव वेचविखन तथा लैगिक हिंसा अन्त्यका लागि समुमुदायमा हाम्रो प्रयास र सृजना परियोजना अन्तरगत भईरहेका कामहरुको जानकारी गरिएको छ ।

पालिकाको मुकाम गोठीज्यूलामा सम्पन्न गरिएको सामाजिक लेखापरीक्षण कार्यक्रममा स्थानीयलाई व्यवसायिक मौरी तथा बाख्रा पालन सम्वन्धी तालिम र उन्नत जातका बोका वितरण गरिएको थियो । क्षमता विकास अधिकृत संयोजक सम्झना शाहीका अनुसार कृषि उपज संकलन केन्द्र निर्माण, कोरोना संक्रमणको समयमा विदेशबाट स्वदेशमा फर्केर वेरोजगार युवालाई सिपमुलक तालिम सहित जीविकोपार्जनका लागि सहयोग गरिएको थियो ।

सिर्जना परियोजनाको रु एक करोड १५ लाख ४० हजार ३१ रुपिया मध्ये ७५ लाख २५ हजार १४३ रुपियाँ खर्च भएको परियोजना संयोजक शाहीले जानकारी दिनुभयो । महिला सशक्तिकरण तथा जिविकोपार्जन परिोजनाका लागि रु एक करोड ४१ लाख ६४ हजार एक सय रुपियाँ मध्ये एक करोड २९ लाख ३३ हजार ९ रुपियाँ खर्च भएको जनाएको छ । गाउँपालिकाको ८ वटै वडामा सञ्चालन गरिएको परियोजनाले महिला सशक्तिकरण तथा जिविकोपार्जन टेवा पुगेको छ । महिला तथा पुरुषको स्वावलम्बन समुह गठन गरी विभिन्न क्षमता अभिबृद्धिका कार्यक्रम गर्नुका साथै टोलटोलमा साना विकासको कार्य कसरी गर्ने भनेर नियमित सहजीकरण गरिएको हो ।

मानव बेचविखन र लैगिक हिंसा अन्त्यका लागि समुदायमा हाम्रो प्रयास परियोजना अन्र्तगत  करिव ३३ लाख रुपिया रहेकाे छ । यसैगरी तिनवटै परियाेजनाकाे रू ३ करोड १८ लाख ९ हजार ५७ रुपियाँ खर्च भएको परियोजना संयोजक दान महताराले जानकारी दिनुभयो उहाँले कनकासुन्दरी गाउँपालिकामा मानव बेचविखन र हिंसाबाट हुने घटना तथा जोखिममा कमी ल्याउने उद्देश्यले परियोजना सञ्चालन गरिएको बताउनुभयो ।
आईएनएफले मानव बेचविखत तथा लैगिक हिंसा सम्वन्धी जनचेतनामुलक सामग्री उत्पादन तथा वितरण, स्वावलम्बन समुहका पुरुष सदस्यलाई मानव बेचविखन तथा श्रम शोषण सम्वन्धी सचेतीकरण जस्ता क्रियाकलाप समेत सञ्चालन गर्दै आएको छ ।

सामाजिक लेखा परीक्षणमा गाउँपालिका उपाध्यक्ष प्रेमकली बुढाले समुदायमा भईरहेका क्रियाकलापमा थप प्रभावकारी वनाईनुपर्ने बताउनुभयो । उहाँले उपाध्यक्ष आफै अनुगमनकर्ता भएकाले गैरसरकारी संस्थाका काम पनि स्थानीय सरकारकै हुने भएकाले थप राम्रो गर्नुपर्ने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले आईएनएफले स्थानीय सरकारको निति कार्यक्रम मार्फत बजेट समेटेर काम गरिरहेकोमा जोड दिनुभयो । सामाजिक समितिका संयोजक तथा वडा नम्बर ४ का अध्यक्ष सूर्यमणि हमालले आईएन एफले लामो समयदेखी प्रभावकारी कार्यक्रम गर्दै आएकाले सवै वडामा थप काम गर्नु पर्ने बताउनुभयो ।

सामाजिक लेखापरीक्षणमा आईएनएफ परियोजना संयोजक ईन्द्रबहादुर विश्वकर्माले आईएनएफले गरेका काममा स्थानीय सरकारले समेत पुरा गर्न सकिने बताउदै आईएनएफलाई माया ममता गर्ने सवैलाई धन्यवाद दिनुभयो । सामाजिक लेखा परीक्षणमा कार्यक्रममा विभिन्नले सुझाव दिनुका साथै आईएन एफको ईतिहास समेटिएको भिडियो प्रस्तुत गरिएको थियो भने कार्यक्रमको समग्र सहजीकरण नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाही र मानदत्त रावले गर्नु भएको थियो ।

 

प्रतिकृया दिनुहोस्