OnlinePana

आज : २०८३ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ १८, २०८०
६९५ पटक

 

१८ असार २०८०, सोमबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको शिक्षाध्यक्ष (रेक्टर)मा सह–प्राडा.डबलबहादुर धामी नियुक्त हुनुभएको छ ।

यसअघिका शिक्षाध्यक्ष डा.निरेश थापाले विसं.२०८० बैशाख १ गते पदबाट राजीनामा दिएपछि खाली भएको उक्त पदमा डा.धामीसहित प्राडा.मुनिराज क्षेत्री र सह–प्राडा.कुशल भट्टराईले आवेदन दिनुभएको थियो । दुई महिना १६ दिनसम्म खाली रहेको शिक्षाध्यक्ष पदमा उपकुलपति डा.मंगल रावलको सिफारिसमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले हिजो डा.धामीलाई सो पदमा नियुक्त गरिएको हो ।

फार्माकोलोजिष्ट सह–प्राडा.धामी बझाङ् जिल्ला निवासी हुनुहुन्छ । उहाँले काठमाडौं विश्वविद्यालयबाट एमडी ईन क्लिनिकल फार्माकोलोजी एण्ड थेरापिउटिक्स अर्थात् औषधि विज्ञानमा स्नातकोत्तर गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्