कोरपाटी संवाददाताआषाढ १८, २०८०काठमाडाैं

५०३ पटक

१८ असार २०८०, सोमबार
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको शिक्षाध्यक्ष (रेक्टर)मा सह–प्राडा.डबलबहादुर धामी नियुक्त हुनुभएको छ ।
यसअघिका शिक्षाध्यक्ष डा.निरेश थापाले विसं.२०८० बैशाख १ गते पदबाट राजीनामा दिएपछि खाली भएको उक्त पदमा डा.धामीसहित प्राडा.मुनिराज क्षेत्री र सह–प्राडा.कुशल भट्टराईले आवेदन दिनुभएको थियो । दुई महिना १६ दिनसम्म खाली रहेको शिक्षाध्यक्ष पदमा उपकुलपति डा.मंगल रावलको सिफारिसमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले हिजो डा.धामीलाई सो पदमा नियुक्त गरिएको हो ।
फार्माकोलोजिष्ट सह–प्राडा.धामी बझाङ् जिल्ला निवासी हुनुहुन्छ । उहाँले काठमाडौं विश्वविद्यालयबाट एमडी ईन क्लिनिकल फार्माकोलोजी एण्ड थेरापिउटिक्स अर्थात् औषधि विज्ञानमा स्नातकोत्तर गर्नुभएको छ ।