OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी ,आषाढ १, २०८०जुम्ला,
१४३ पटक

असार १ गते । जुम्लाको पातारासी गाउँपालिकामा वेवारिसे अवस्थामा भेटिएको नवजात शिशुको अस्पतालमा उपचार भईरहेको छ । गत जेठ १५ गते वेवारिसे अवस्थामा शिशु फालिएको देखेपछि स्थानीयबाट जानकारी पाएर प्रहरीलाई खबर गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार प्रहरीलाई वच्चा वेवारिसे फालिएको भन्ने खबर आएपछि प्रहरी त्यहाँ पुगेको थियो ।

उहाँका अनुसार पातारासी गाउँपालिका वडा नम्बर १ गढिगाउँ धाराखोलामा गत जेठ १५ गते शिुशु घाईते अवस्थामा भेटिएको थियो । घाईते शिशुलाई पातारासी गाउँपालिकाको गाडिमा प्रहरीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल शिक्षण अस्पतालमा तत्काल पुरयाएर उपचार भईरहेको छ ।

उहाँका अनुसार सो घटना थाहा पाएपछि प्रहरीले शिशुको आमा पत्ता लगाएर नियन्त्रणमा लिईएको छ । प्रहरीका अनुसार वडा नम्बर १ कै २२ बर्षिय ति शिशुका आमालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले २ दिन पछि आमालाई नियन्त्रणमा लिएको जनाएको छ ।

अस्पतालले बच्चा अहिले उपचार गरि हुर्काईरहेको छ, अव भने व्यवस्थापन गर्नका लागि स्थानीय सरकार जुटिरहेको पातारासी गाउँपालिका महिला तथा वालवालिका कार्यालय महिला विकास निरीक्षक भगवति गिरिले जानकारी दिनुभयो । यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले शिशुको उपचार भएको जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्